२०८३ कार्तिक २३ गते आईतबार

४ वर्ष अड्काएपछि मात्र बंक-बुडर सडक पिच गर्न ठेकेदार तयार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २३
bunk_nayal

कञ्चनपुर- बङ्क–नायल–बुडर सडक कालोपत्र गर्ने ठेक्का भएको चार वर्षपछि मात्रै निर्माण व्यवसायीले काम अगाडि बढाउने प्रतिबद्धता गरेका छन्। सडक निर्माणको ठेक्का लिएको सन्तोषी थेगिम जेभीले पूर्वाधार विकास कार्यालयमा लिखित रुपमा सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र बुझाएको हो।

कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर साउदले थालेको दबाबमूलक कार्यक्रमपश्चात् बाध्य भएर निर्माण व्यवसायी सम्पर्कमा आएका हुन्। वडाध्यक्ष साउदले पाँच दिनदेखि सडक कालोपत्रको माग गर्दै सडकको प्रवेश बिन्दुमै टेबुल, कुर्सी राखेर वडाको सेवा प्रवाह गरी दबाब दिएका थिए।

‘सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि दबाबमूलक कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भने, ‘पूर्वाधार विकास कार्यालयदेखि प्रदेशका कार्यालयसम्म पुग्यौँ, अश्वासन पाइने भए पनि काम अगाडि बढाइएन।’

सडक धुलाम्मेसँगै खाल्डा हुँदा स्थानीय बासिन्दालाई आवतजावतमै समस्या थियो। ‘स्थानीयले पनि सडक कालोपत्र गराउनका लागि निकै दबाब दिँदै आएकाले रचनात्मक रुपमा आन्दोलनमा उत्रिने निर्णय गर्यौँ’, उनले भने, ‘कुनै पनि निकायलाई अप्ठ्यारो नपार्ने गरी रचनात्मक दबाबमूलक कार्यक्रम गरी सडकमै बसेर वडाको सेवा दिन थालेपछि चौतर्फी दबाबले निर्माण व्यवसायी सम्पर्कमा आएर काम अगाडि बढाउन सहमत भएका छन्।’

सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीले प्रतिबद्धतापत्रसहित कार्य गर्न थालेपछि तत्कालका लागि दबाबमूलक कार्यक्रम स्थगन गरी वडा कार्यालयबाटै सेवाग्राहीलाई सेवा दिन थालिएको वडाध्यक्ष साउदले बताए। उनका अनुसार निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडकमा कालोपत्र गर्नका लागि बेस राख्न गिटी फाल्न सुरु गरेको छ।

निर्माण कम्पनीले आउँदो चैत २० गतेसम्म निर्माण कार्यको बजेट उपलब्ध भएअनुसार सडकमा बेस जम्मा गर्ने र चैत २१ गतेदेखि सडकमा कालोपत्रको काम सुरु गर्ने पूर्वाधार विकास कार्यालयलाई पठाएको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। सडक कालोपत्र गर्नका लागि चैतसम्म ठेक्काको म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले बताए। थपिएको म्यादभित्रै निर्माण कम्पनीले सडक कालोपत्र गर्ने प्रतिबद्धता पत्र पठाएको उनले बताए।

सडक निर्माणका लागि सन्तोषी थेगीम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भई विसं २०८१ वैशाखमा म्याद सकिएको थियो। त्यसपछि विसं २०८२ चैत ३० गतेसम्मका लागि म्याद थप गरिएको छ। हालसम्म सडक निर्माणको प्रगति ३५ प्रतिशत मात्रै रहेको छ। सो सडक खण्डको बङ्कदेखि दोमिल्लासम्म रु ११ करोड ८६ लाखमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: २०८१ फाल्गुण २३ गते शुक्रबार ०१:०९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना