२०८३ कार्तिक १७ गते सोमबार

संसदमा कसले कुन मुद्दा उठाए?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २३
pratinidhisava

काठमाडौँ- प्रतिनिधिसभा सांसदहरूले समसामयिक विषयमा आवाज उठाउँदै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले वन डढेलो नियन्त्रणका लागि दिगो समाधान गर्नुपर्ने, पाथिभारामा स्थानीयको भावनाविपरीत केबलकार निर्माण गर्न नहुने, वैदेशिक रोजगारीमा देखिएको भ्रष्टाचारका विषयमा छानबिन गर्नुपर्नेलगायत विषयमा आवाज उठाएका छन्।

बैठकमा सांसद ठाकुरप्रसाद गैरेले वन डढेलोको समय सुरु भएको र यसबाट हुने क्षति रोक्नसके मुलुकमा आयात हुने काठको आधा रकम जोगाउन सकिने तर्क गरे। उनले चार दिनदेखि पाल्पाका विभिन्न सामुदायिक वनमा वन डढेलो लागेको र त्यसबाट वन्यजन्तु, पशुपक्षी र काठ, दाउराको क्षति भएको भन्दै दिगो समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराए।

सांसद डोलप्रसाद अर्यालले रोजागारीका लागि दैनिक सयौँ युवा विदेशिनु परेको उल्लेख गर्दै श्रम मन्त्रालयले उद्देश्यअनुसार काम गर्न नसकेको आरोप लगाए। मन्त्रालयको ताहाचलस्थित विभागमा प्रतिदिन घुस असुली भइरहेको आरोप लगाउँदै नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्ने बताए।

सांसद दिपा शर्माले नेपालगञ्जको लर्ड बुद्ध एजुकेशन एकेडेमीले शिक्षण कलेजमा कार्यरत कर्मचारीलाई सेवासुविधाबाट बञ्चित गरेको र वैशाखदेखि आन्दोलन गर्दासमेत कुनै सुनुवाइ भएको बताइन्। उनले उक्त संस्थाले मनपरी रूपमा मेडिकल कलेज चलाएकाले तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन्।

सांसद दुर्गा राईले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् भार कटौती घटाउन योगदान गरेको भए पनि कार्यसम्पादनमा शून्य अङ्क दिएको भन्दै धन्यवाद दिएर सरकारको व्यङ्ग्य गरिन्। उनले प्रश्न सोधेकै भरमा पत्रकारको प्रेस पास रोक्न नहुने बताइन्।

सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या समाधान गर्न थालिएको वार्ता कहाँसम्म पुग्यो भनेर जानकारी माग गरे। स्थानीयको संस्कृति संरक्षण गर्न उनले माग गरे। पौडेलले निजी क्षेत्रलाई काम गर्न तथा सहजीकरण गर्न व्यवसायीलाई प्रोत्साहत गर्नुपर्नेसमेत बताए।

सांसद धनबहादुर बुढाले तल्लो बगरदेखि डोल्पाको दुनैसम्म स्तरोन्नितका लागि चार अर्ब २० करोड स्रोत सुनिश्चित भएर पनि निर्माण कार्य अघि बढ्न नसकेको भन्दै उक्त खण्ड कडा चट्टान भएकाले नेपाली सेनामार्फत काम अगाडि बढाउन छिटो पहल गर्न आग्रह गरे।

सांसद ध्रुवबहादुर प्रधानले लुम्बिनी क्षेत्रमा रहेको बुद्धको मावली गाउँमा उत्खनन् तथा संरक्षण गर्ने कार्यमा पुरातत्व विभागले लापरवाही गरेको आरोप लगाउँदै समाधानका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद नारायणप्रसाद आचार्यले राजनीतिक व्यक्ति, सार्वजनिक नियुक्त पाएका व्यक्ति, जनप्रतिनिधि, राष्ट्रसेवक सबैको सामाजिक परीक्षण गरी सम्पत्ति छानबिन गर्न माग गरे।

-रासस

प्रकाशित: २०८१ फाल्गुण २३ गते शुक्रबार ०३:४५
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना