काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सय उजुरी पुगेका छन्। ती उजुरीको विवरण सांसदहरूलाई बाँडिएको छ।
गत माघ ८ गते बसेको लेखा समितिको बैठकमा १०० वटा उजुरी रहेको विवरण सांसदहरूलाई दिइएको थियो।
तर प्राप्त उजुरीमाथि छलफल चलाउने र सरकारलाई निर्देशन दिने कार्यमा संसदीय समितिहरूले प्रभावकारी भूमिका नखेलेको भन्दै आलोचना हुने गरेको छ।


