काठमाडौँ- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया अघि बढेको छ। सरकारले केन्द्रीय बैंकको गभर्नर नियुक्तीका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा विजयनाथ भट्टराई र डा.विश्व पौडेल सम्मिलित समिति गठन गरेको छ।
भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल अर्थविद् हुन्। फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर सिफारिस समिति गठन गरेको हो।
यस विषयमा गत फागुन २१ गतेको बैठकमा समेत छलफल भएको थियो। तर परराष्ट्रामन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक अनुपस्थित नभएका कारण सो बैठकले समिति गठन गर्न सकेको थिएन।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीका लागि अर्थमन्त्रीको अध्यक्षतामा पूर्व गभर्नरमध्येबाट एकजना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्र मा प्रतिष्ठित व्यक्तिमध्येबाट एकजना सदस्य रहने गरी मन्त्रिपरिषद्को सिफारिस समिति गठन गर्ने कानूनी व्यवस्था रहेको छ।
हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते सकिनेछ।
सिफारिस समितिले गभर्नर नियुक्तीका लागि ३ जनाको नाम सिफारिस गर्नेछ।


