२०८३ कार्तिक २१ गते शुक्रबार

बागमतीमा मौलिकता झल्कने पुल निर्माणको अध्ययन हुँदै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १०
bagmati pul

काठमाडौं– थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौं र ललितपुर जोड्ने पुल निर्माण गरिने भएको छ। थापाथलीस्थित प्रसूतिगृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो।

ललितपुर र काठमाडौँ दुवै जिल्लाको मौलिकता समेट्ने गरी सुन्दर पुल निर्माणको योजना अघि बढाइएको सडक विभाग पुल महाशाखाले जनाएको छ। पुलको आगामी आवमा अध्ययन हुने पुल महाशाखा प्रमुख नरेशमान शाक्यले बताए। उनका अनुसार सकेसम्म पुलले त्यस क्षेत्रको परिचय दिने गरी मौलिक खालको ‘सिग्नेचर’ पुल बनाउन लागिएको हो।

उनले भने, ‘सकेसम्म त्यस क्षेत्रको नौलो परिचय होस् भन्ने गरी निर्माण गर्ने योजना रहेको छ।’ आधुनिक पुल निर्माण गर्न लागिएकाले त्यो ‘एडभान्स’ र अलि ‘हाइफाइ’ हुने प्रमुख शाक्यले बताए। त्यसलाई हेर्दा नौलो र हावापानी अनुकूलको बनाउन लागिएको छ।

उनले भने, ‘बाढीपहिरोमा बढी थाम्न सक्ने किसिमको हुनेछ।’ अब निर्माण हुने पुलले सामाजिक समावेशीकरणलाई समेत ध्यान दिने उनको भनाइ छ। शारीरिक रुपमा अशक्तलाई समेत ध्यान दिएर लिफ्ट वा ¥याम्प राख्दा कसरी बनाउन सकिन्छ भन्ने विषयलाई ध्यान दिइने उनले बताए।

पुल हेर्दा आकर्षक, मौलिक र नौलो बनाउन कलाको पनि प्रयोग गरिने प्रमुख शाक्यले जानकारी दिए। पुलको टुप्पोमा घर वा मन्दिर बनाउने कि धार्मिक वा अरु स्थानीय झलक दिने भनी प्रयास गरिनेछ। अहिले बागमती पुलमा सवारी चाप बढिरहेकाले त्यसको विकल्पका रुपमा त्यस आसपास क्षेत्रमा नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको हो।

बुद्धनगरमा काठमाडौँ ललितपुर जोड्ने पुल सञ्चालनमा भए पनि त्यसको अवस्था थप सवारीसाधन थेग्न नसक्ने रहेको छ। बिहान र साँझ दुवै पुलमा सवारी चाप उच्च रहेकाले त्यसलाई कम गर्न पनि त्यसको विकल्पमा अर्काे पुल बनाउने योजना बनाइएको हो।

पहिले पुल निर्माण एउटा गाउँ, जिल्ला, सहरलाई अर्काेसँग जोड्ने पूर्वाधार भए पनि पछिल्लो समय यसलाई कुनै पनि ठाउँको सुन्दरता बढाउन सक्ने माध्यमसमेत मानिएको छ। विश्वका कतिपय ठाउँमा पुलकै कारण त्यस ठाउँ परिचित बनेको छ।

नेपालमा पनि त्यस्तै नौलो र आधुनिक प्रविधिप्रति सडक विभागले चासो बढाएको पाइन्छ। केही वर्ष पहिले सम्पन्न बिजुलीबजार पुलले त्यस क्षेत्रको सुन्दरता बढाएको छ। सरकारले उपत्यका र उपत्यका बाहिर पनि ‘सिग्नेचर’ पुल निर्माणको योजना बनाएको छ।

प्रकाशित: २०८० जेठ १० गते बुधबार ०९:१५
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना