२०८३ कार्तिक २३ गते आईतबार

आँपका पुराना बोट फुल्दै फुलेनन्, नयाँ ढकमक्क

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ११
mango tree

महोत्तरी- अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ। कतिपय बोटमा त फूल नै फुल्दैन। यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ।यस वर्ष आँपका लागि अफइयर हो। तर अफइयरको प्रभाव पुराना बोटमा मात्र देखिएको छ। पाँच-छ वर्षका आँपका रुख मज्जाले फुलेका छन्। भङ्गाहा–४ रामनगरकी शान्तिदेवी साहका बारीमा आँप फुलेर बोटै ढाकेका छन्।

बगैँचाका पुराना रुखमा फूल नफुले पनि नयाँ बोटमा पातै नदेखिने गरी फूल फुलेपछि साह आँप फल्ने आशामा छिन्। ‘यस वर्ष वरपर आँप खासै फूलेका छैनन् तर हाम्रोमा त फूलले पातै देखिँदैन’, साहले भनिन्, ‘यो फूल २५ प्रतिशत मात्र टिक्यो भने पनि नयाँ रुखले फल थेग्न सक्दैन।’ साहले भने जस्तै जिल्लाका सबै भेगमा यसवर्ष पुराना बोटमा फूल कम फुलेको छ।

जिल्लाको गौशाला, बर्दिवास, मटिहानी, पिपरा र मनराशिशवासहितका स्थानीय तह आँप उत्पादनका उर्बर क्षेत्र मानिन्छन्। सबैतिर पुराना रुखमा अफइयरको असर देखिए पनि नयाँ रुखमा फूल फुलेको गौशाला–१० का अरुण कुशवाहाले बताए। ‘पुराना रुखमा त कमै फूल फुलेको छ, तर नयाँ रुखमा मज्जाले फुलेको छ’, उनले भने।

यस वर्ष आँपलाई प्रतिकूल मौसम रहेको किसान बताउँछन्। पानी नपरी हिउँद याम बित्नु सबैभन्दा ठूलो समस्या छ। गत वर्ष राम्रो फलेको आँप यस वर्ष कम फुलेको फलफूल विज्ञ बताउँछन्। ‘यो सामान्यतया अरु फलमा पनि हुन्छ, आँप, लिचीसहितका फलमा बढी देखिन्छ’, बागबानी विज्ञका रुपमा काम गरी सरकारी सेवाबाट निवृत्त भएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्छन्, ‘खासगरी स्थानीय जातका पुराना रुखमा यो असर हुन्छ।’ अफइयर सामान्यतया तेस्रो वर्षमा हुने उनको भनाइ छ। यसअघिका दुई वर्ष आँप निकै फलेका थिए।

यस वर्ष पनि आँपका बोट मज्जाले फूल फुलेपछि बर्दिवास–९ पशुपतिनगरका किसान रामविनोद महतोलाई सन्तोष मिलेको छ। अब चैत-वैशाखको असिना र हुरीवतासमा जोगिए आँपबाट राम्रो कमाइ हुने महतोको आशा छ। अन्नबालीसहितका अरु फसल फेरि फेरि लगाए जस्तै फलफूल पनि १०-१५ वर्षमा ठाउँ फेरेर नयाँ बिरुवा लगाउँदै गए उत्पादन भइरहने फलफूल विज्ञ भुजेल बताउँछन्। कम फुलेको आँपलाई यस वर्ष मधुवा (मज्जरमा लाग्ने डढुवा रोग) को प्रकोप छ। मधुवाको प्रकोप पानी नपरेर बढेको किसान बताउँछन्। जिल्लामा पाँच÷छ वर्षयताका नयाँको तुलनामा पुराना रुख बढी हुँदा आँप कम उत्पादन हुने अनुमान गरिएको छ।

‘हिउँदे वर्षा नहुँदा आँप, लिची, रुखकटहरमा फूल फुल्न सकेन, अहिले आँपका फूलमा देखिएको मधुवा पनि पानी नपरेरै बढेको हो’, औरही–७ का ७० वर्षीय मोहन महतोले भने, ‘राम्रो वर्षा भएर रुखका पात, हाँगा सबै पखालिएर जरामा राम्रो चिस्यान भएमा अरु रोग कम लाग्छ।’ जिल्लामा पछिल्लो एक दशकयता फुलफूल खेती बढ्दो छ। कृषि कार्यमा जनशक्ति पाउन छाडेपछि किसानले फलफूल खेती बढाएका हुन्।

१० वर्षअघि पाँच हजार हेक्टरभन्दा कम क्षेत्रफलमा भएको फलफूल खेती वृद्धि हुँदै हाल १० हजार हेक्टर नाघेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजकिशोर यादव बताउँछन्। महोत्तरी आँप बढी उत्पादन हुने जिल्लामध्येको एक हो। मधेसको मुख्य फल र फलको राजा भनिने आँप कम फुलेपछि यस वर्ष आँपको मूल्य बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: २०८१ चैत ११ गते सोमबार ०९:१५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना