काठमाडौँ- तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई काठमाडौँ ल्याइने भएको छ। झापाको भद्रपुरबाट नियन्त्रणमा लिई उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले विज्ञप्ति जारी गरी प्रसाई र उनका सहयोगी दीपक खड्कालाई पनि पक्राउ गरिएको र उनीहरूलाई काठमाडौँ ल्याउने जानकारी दिए।
पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।


