चुनढुंगा उत्खन्न गरी भ्रष्टाचारको गरेको आरोप लागेका खानी विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरे १८ कर्मचारी र ९ कम्पनीले विशेष अदातलबाट सफाइ पाएका छन्। न्यायाधीशहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्राद थारूको संयुक्त इजलासले उनीहरुलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा २०७८ माघ १३ गते करिब १ अर्ब २४ करोड ४५ लाख बिगो माग दाबी गर्दै मुद्दा दर्ता गराएको थियो।
घिमिरेसहित विभागका उपनिर्देशक जयराम घिमिरे, उपसचिव सपना घिमिरे, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, प्रशान्त बोहरा, धर्मराज खड्का, श्रीभगत गौतम, बसन्त अधिकारी र डा सौनक भण्डारीविरुद्ध मुद्दा दर्ता भएको थियो।
यसका साथै उद्योगी पशुपति मुरारका, विष्णुप्रसाद न्यौपाने, शरद गोयल, ऋषि अग्रवाल, प्रबलजंग पाण्डे, निपेश तायल, भीबहादुर थापा र मानबहादुर श्रेष्ठले पनि यो मुद्दामा सफाइ पाएका हुन्।


