काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ।
बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।
निगमले मंगलबार विज्ञप्तिमा जारी गर्दै भारतबाट इन्धनको मूल्य घटेर आएकाले समायोजन गरिएको जानकारी दिएको छ।
अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ।
बढेको मूल्य बुधबारको पहिलो कारोबारबाट लागू हुने निगमले जानकारी दिएको छ।


