२०८३ कार्तिक १६ गते आईतबार

प्रिसा साहको मृत्यु : भारतसँग संवाद गर्न सभामुखको रुलिङ [भिडियो]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २२
devraj ghimire

काठमाडौँ- सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारलाई रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राखेपछि समाभुख घिमिरेले उक्त घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन लागि भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका हुन्।

उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशिलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको उनले बताए।

सभामुख घिमिरेले पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न समेत सरकारलाई निर्देश गरे। उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गरे।

त्यसअघि बैठकको आकस्मिक समयमा सांसदले कलिंगा इन्स्टिच्यूटमा दुई जना नेपाली विद्यार्थीको रहस्यमय मृत्यु हुँदा पनि सरकारले केही पहल नगरेको भन्दै आपत्ति जनाएका थिए।

कांग्रेस सांसद रामकृष्ण यादवले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाको छानबिनका गर्दै दोषीमाथि कारवाहीका लागि नेपाल सरकार र भारत सरकारको ध्यानाकर्षण गराए

त्यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले कलिंगा इन्स्टिच्यूटमा भएको घटनाले विदेशमा पढ्न जाने विद्यार्थीहरुको सुरक्षामाथि नै प्रश्न खडा भएकाले सरकार गम्भीर हुनुपर्ने धारणा राखे। निरन्तर नेपाली विद्यार्थीहरु पीडामा परेकाले उक्त घटनाको छानविन गर्न सरकारले पहल गर्नुपर्ने उनले बताए।

त्यस्तै सांसद अमरेशकुमार सिंहले कलिंगा इन्स्टिच्यूटमा दुई छात्राको रहस्यमय मृत्यु हुँदा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाए। उनले उक्त घटनाको न्यायीक छानविन गर्न माग गरे।

त्यस्तै अन्य सांसदहरुले पनि भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्युको घटनाको कुटनीतिक तवरबाट छानबिन गर्न माग गरेका थिए।

प्रकाशित: २०८२ बैशाख २२ गते सोमबार १२:३५
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना