२०८३ साउन १३ गते बुधबार

जीवित छँदा प्रदीपले भनेका थिए- पार्टीको झण्डा नओढाउनू, अर्थमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २३
pradip-nepal–1746537933

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि सुरु गरिएको छ। उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

स्वर्गीय नेपालले मंगलबार नर्भिक अस्पतालमा निधन भएपछि एमाले कार्यालय राख्ने भन्नेबारे नेताहरूबीच छलफल भएको थियो। तर, नेता नेपालले आफ्नो मृत्युपछि कुनै पनि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलिका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो।

कुनै पनि पार्टीकरण नगर्ने र झण्डा नओढाउने भनेपछि श्रद्धाञ्जलिका लागि नराख्ने कुरा भएको एमालेका एक नेताले जानकारी दिए।

नेपाललाई राष्ट्रिय सम्मान दिने निर्णय सरकारले गरेको छ।

नेपाललाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली नर्भिक अस्पताल जाने तयारीमा रहेका थिए। तर, मृत्युपूर्व नेपालले नै आफ्नो मृत्युपछि श्रद्धाञ्जली सभा पनि नराख्नु भनेको भन्दै नेपाल परिवारले ओलीलाई जानकारी गराएको थियो। झण्डा ओढाउन पनि नपाइने र श्रद्धाञ्जलि सभा पनि नराख्ने कुरा परिवारले गरेपछि ओली गएनन्।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता पनि नर्भिक आउने तयारीमा थिए। तर श्रद्धाञ्जली सभा नै नराखिएपछि उनीहरू गएनन्।

प्रदीप नेपालले जीवित छँदा दिएको एक अन्तर्वार्तामा आफूलाई पार्टीको झण्डा नओढाउन र मृत्युपछि भिडभाड नगर्न आग्रह गरेका थिए। त्यही अनुसार पार्टी कार्यालयमा लैजाने, पार्टीको झण्डा ओढाउनेसहितका कार्यक्रम नगरिएको हो।

नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए। उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए। नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए।

पछिल्लो समय नेकपा एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उनलाई सल्लाहकार बनाएको थियो। साहित्य लेखनमा समेत रुची राख्ने नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली वामपन्थी आन्दोलनका नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेता नेपालको निधनले आफू मर्माहित भएको सामाजिक सञ्जालमा प्रचण्डले उल्लेख गरेका छन्।

‘नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छु। निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सामाजिक सञ्जालमा प्रचण्डले लेखेका छन्।

प्रकाशित: २०८२ बैशाख २३ गते मङ्गलबार ०७:४९
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना