२०८३ कार्तिक २२ गते शनिवार

गभर्नर नियुक्तिमा किन भइरहेको छ ढिलाइ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २५
oli_deuba

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बैठकमा गभर्नरको नियुक्ति प्रक्रिया, नीति तथा कार्यक्रममाथि संसदमा भएको बहस, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

मन्त्रिपरिषदले पछिल्लो समय सर्वत्र चासोको विषय बनेको गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना भने कम छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले सिफारिस नै नगरेका कारण मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्ने सम्भवाना कम भएको हो।

सत्ताका ठूला दुई घटक नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षतम नेतृत्व क्रमश शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच कांग्रेसको भागमा गभर्नर दिने सहमति भएपनि सिफारिस समितिले काम गर्न सकेको छैन। गभर्नर सिफारिसमा आफ्नो मान्छे छिराउने वातावरण तयार गर्नका लागि ओलीसँगको समझदारीमा सिफारिस समितिका संयोजकसमेत रहेका अर्थमन्त्री पौडेलले गभर्नर सिफारिसका लागि समितिको बैठक राखेका छैनन्।

नेपाली कांग्रेसका सभापति देउवा राष्ट्र बैंकबाट राजीनामा दिएर बसेका डा गुणाकर भट्टलाई गभर्नर बनाउन चाहन्छन्। देउवाबाट गभर्नर बनाइने वचन पाएपछि भट्ट राजीनमा दिएर बसेका छन्। तर उनको राजीनामा कायममुकायम गभर्नरसमेत रहेकी डेपुटी गभर्नर निलम ढुंगानाले स्वीकृत गरिदिएकी छैनन्। प्रधानमन्त्री ओलीकै इशाारामा उनले भट्टको राजीनामा स्वीकृत नगरेर सरकारलाई अप्ठेरो बनाउन प्रयास गरेकी हुन्। उनी आफैँ पनि गभर्नरको दौडमा रहेकाले भट्टलाई गभर्नर बनाउने बाटो सजिलो बनाउने पक्षमा छैनन्।

उता ओली भने भट्टको राजीनामा स्वीकृत नहुँदै गभर्नर बनाइदिने र त्यसविरुद्ध मुद्दा पर्न सक्ने तथा भट्टको नियुक्तिलाई अदालतले खारेज गरिदिएर आफूले भनेको व्यक्तिलाई गभर्नर बनाउन सकिने रणनीतिमा छन्। यस्तो अवस्था आउन सक्ने आकलन देउवाले पनि गरेका छन्। त्यस्तो अवस्था आएमा अदालतले सिफारिसको दोस्रो नम्बरमा रहेको व्यक्तिलाई अदालतले गभर्नर बनाउन आदेश दिन सक्ने भएकाले सिफारिसको दोस्रो नम्बरमा पनि आफैँले भनेको व्यक्तिलाई राख्नपर्ने अडानमा छन्। देउवा र ओलीबीच यही विषयमा मतैक्यता नहुँदा पौडेल नेतृत्वको सिफारिस समितिले काम गर्न नसकेको हो। सिफारिस समितिले नै सिफारिस नगरेपछि पूरै प्रक्रिया अड्किएको छ।

भट्टको राजीनामा ढुंगानाले स्वीकृत नगर्नुलाई ओलीले राष्ट्र बैंकको आन्तरिक विषय भनेर देउवालाई ब्रिफिङ गरेका छन्। उक्त कुरा देउवाले सार्वजनिक मञ्चबाट भनिसकेका छन्। नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभई राष्ट्र बैंकमा नै समस्या भएकाले गभर्नर नियुक्तिमा ढिलाई भएको बताएका थिए। प्रधानमन्त्री केपी ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनको भनाइ छ।

प्रकाशित: २०८२ बैशाख २५ गते बिहिबार ०२:३३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना