काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
बैठकमा सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। सभाले संशोधनका प्रस्तावलाई अस्वीकृत गरेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।


