२०८३ कार्तिक २३ गते आईतबार

गभर्नर बन्न डा पौडेलद्वारा सिफारिस समितिबाट राजीनामा, नयाँ समिति बन्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २९
bishow

काठमाडौँ- सत्तापक्षीय दल नेपाली कांग्रेसले गभर्नरमा अघि सारेपछि गभर्नर  सिफारिस समितिकबाट डा विश्व पौडेलले राजीनामा दिएका छन्। यसअघि सिफारिस समितिमा रहेका पौडेलले आइतबार राति आफ्नो राजीनामा बुझाएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको हो।

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त बैठकमा गभर्नर सिफारिस समितिकै सदस्य डा विश्व पौडेललाई गभर्नर बनाउन देउवाले ओलीसँग प्रस्ताव गरेको बालुवाटार स्रोतको भनाइ छ।

गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल भएकाले प्रक्रिया लम्ब्याउने काम भइरहेको आरोप लागेका बेला कांग्रेस सभापति देउवाले पौडेलको नाम अघि सारेका हुन्। डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुन्। यसअघि सार्वजनिक मञ्चबाट नै देउवाले कांग्रेसको भागमा गभर्नर परेको बताएका थिए।

ओली र देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो। उक्त समझदारी भएपछि वैशाख ५ गते राष्ट्र बैंककै कार्यकारी निर्देशक पदमा कार्यरत रहेका भट्टले राजीनामा दिएका थिए। तर उनको राजीनामा स्वीकृत नभएपछि देउवाले सिफारिस समितिका सदस्यलाई नै गभर्नर बनाउने अभ्यास थालेका हुन्।

शनिवारको ओली-देउवा छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी थिए। गभर्नर नियुक्तिमा कुनै विवाद नभएको र अब एक सातामा नयाँ गभर्नर आउने दाबी बैठकमा सहभागी एक नेताको छ।

गत चैत २४ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको थियो। अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा नीलम ढुंगानालाई कायममुकायम गभर्नर बनाइएको छ। उनी आफैँ पनि गभर्नर बन्ने दौडमा छिन्। देउवा र ओलीबीच आफूभन्दा जुनियर भट्टलाई गभर्नर बनाउने समझदारी सार्वजनिक भएपछि नीलमले भट्टको राजीनामा स्वीकृत नगरिदिएर अड्काएकी छन्।

गभर्नर सिफारिस समितिका सदस्य पौडेललाई तत्काल सिधै गभर्नर नियुक्त गर्न मिल्दैन। गभर्नरमा पौडेलको टुंगो लागे उनले सिफारिस समितिबाट राजीनामा गर्नेछन्। त्यसपछि अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्का एक सदस्य थपिनेछन्। मन्त्रिपरिषदले सिफारिस समितिबाट पौडेलको राजीनामा स्वीकृत गर्ने र उनको स्थानमा अर्को सदस्य नियुक्त गर्नेछ। त्यसपछि मात्रै अर्थमन्त्री पौडेल नेतृत्वको सिफारिस समितिले डा पौडेलसहित तीन जनाको नाम क्याबिनेटमा सिफारिस गर्नेछ। अनि मात्र गभर्नर नियुक्तिको चक्र पूरा हुन्छ। आज सोमवारको मन्त्रिपरिषद् बैठकबाट विश्वको राजीनामा स्वीकृत गरेर नयाँ सदस्य तोक्ने र बिहीबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर बनाउनेसम्मको समझदारी शनिवारको बालुवाटार बैठकमा बनेको स्रोतको दाबी छ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा देउवाले भट्टको राजीनामा स्वीकृत नभएकाले अर्को व्यक्तिलाई प्रस्ताव गर्नुपर्ने बताएका थिए। कांग्रेसका केही पदाधिकारीले भने कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्ने काममा प्रधानमन्त्री ओलीकै भूमिका रहेको भन्दै आशंका व्यक्त गरेका थिए।

सरकारले गभर्नर नियुक्तिको सिफारिस गर्न ११ चैतमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल रहेका थिए। तर, सिफारिस समितिको बैठक एकपटक पनि बस्न नसकेको र ओली र देउवाको निर्देशनअनुसार आफूहरूले गभर्नर सिफारिस गर्नुपर्ने गरी सिफारिस समितिलाई नै पंगु बनाउन खोजिएको आरोप लगाउँदै पूर्वगभर्नर भट्टराईले सदस्य पदबाट राजीनामा दिए। उनको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरिएको छ।

सिफारिस समितिले पूर्णता पाए पनि बैठक भने बस्न सकेको छैन। समितिले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट तीनजनाको नामावली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित: २०८२ बैशाख २९ गते सोमबार ०१:२९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना