२०८३ कार्तिक २३ गते आईतबार

गाजादहमा थपियो पूर्वाधार, बढे पर्यटक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
gaja

गलकोट- बागलुङको गाजादह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ। धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन्।

जैमिनी नगरपालिका–३ मा पर्ने गाजादह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्छ। यहाँ जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका हुन्।

अहिले मन्दिर निर्माणको चरणमा रहेको छ भने गाजादहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुलासहितको पूर्वाधार गत वर्ष निर्माण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ।

ताल वरपर परम्परागत शैलीमा ढुंगा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ। गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकमसमेत संकलन गरिएको जैमिनी–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए।

प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सामान्य सहयोग गरे पनि थप पूर्वाधार निर्माणका लागि महायज्ञमार्फत ७२ लाख रुपैयाँ संकलन गरिएको जानकारी दिए। अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको छ। स्थानीयको १० लाख रुपैयाँ र महायज्ञको १० रुपैयाँ लाख गरी २० लाख रुपैयाँ लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको उनको भनाइ छ।

“गत वर्ष ३ लाखको लागतमा नगरले दहमा दृश्यावलोकनस्थल निर्माण गरेको थियो। अहिले सिद्ध बराहको मन्दिर निर्माण थालिएको छ, पदमार्गसहित संरचना थपिएका छन्। पूर्वाधार थपिँदा शौन्दर्यकरणमा वृद्धि भएको छ, ताल संरक्षण मुख्य चुनौती हो,” भुजेलले भने, “धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस दहमा आन्तरिक पर्यटकको आगमन वृद्धि भएको छ। अहिले गुराँसको वनभित्रको ताल मनमोहक देखिन्छ।”

गाजा दहमा सदरमुकाम बागलुङ बजारबाट २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ। यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन्। गाजादहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत एक दर्जन हिमशृंखला देख्न सकिने यहाँ पुगेका हिमाल सुवेदीले बताए। दह पुग्ने सडक थप स्तरोन्नति गर्नुपर्नेमा उनको जोड छ।

सिँगानासम्म कालोपत्र सडक पुगे पनि त्यहाँबाट १४ किमी स्तरोन्नति हुन बाँकी छ। हरेक वर्ष सिद्धथानमा वैकुण्ठ चतुर्दशी तथा बाला चतुर्दशीमा परम्परागत मेला लाग्ने भएकाले दहको महत्त्व बढ्दै गएको वडाध्यक्ष भुजेलले उल्लेख गरे।

“यहाँ बाला चतुर्दशीमा सतबिज छर्नेको घुइँचो लाग्ने गर्छ। चिसो हावापानीमा गाजा दहको काखमा बसेर घरबासको स्वादिष्ट परिकार खान पाउने व्यवस्था मिलाइएको छ। गण्डकी प्रदेश सरकारले दहलाई एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ,” उनले भने।

महायज्ञमा संकलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। दहको प्रचारप्रसार र प्रवर्द्धनमा पालिकाले सघाउँदै आएको उल्लेख गरे। धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको दहको समग्र विकासका लागि पालिकाले गुरुयोजना बनाउने उनको भनाइ छ।

प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको हो। दहको धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, संरक्षण गर्दै ताल परिसरमा सिद्ध बराह भगवान्को पूर्णकदको मूर्ति निर्माण गर्नेलगायत उद्देश्य बनाइएको छ।

प्रकाशित: २०८२ बैशाख ३० गते मङ्गलबार ०९:२९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना