काठमाडौँ- लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको छ। योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ।
सोमवार ७ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा अघिल्लो दिनको तुलनामा भने घटेको छ। आइतवार ८ अर्ब ५० करोडको कारोबार भएको थियो।
बजारमा १८५ कम्पनीको मूल्य बढ्दा ६० कम्पनीको मूल्य घट्यो।
समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूह १.०१ प्रतिशत घट्नुबाहेक अरु सबै सूचक बढेका छन्।
विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले बढ्दा बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा र ट्रेडिङ समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेका छन्।
५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगा फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी रहेका छन्। विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
राधी जलविद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ।


