म्याग्दीको रघुगंगागाउँपालिका– ७ चिमखोलाकायुवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बनेका छन्।
उनले भने, ‘मरुभूमिको देशमाकाम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दाआफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु।’
खासगरी विभिन्नथानहरुमाभाकलपूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्यकार्यहरुकालागिखसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताए। भेडापालनलाई व्यवसायिक र व्यवस्थितगर्न पुनले भेडापालन फर्म नै दर्ता गरे।
भेडापालनमा लागेको बर्षौ भएपनिअहिलेसम्म राज्यबाट कुनै सुविधानपाएको पुनको गुनासो छ । बार्षिक रुपमाफर्मबाट सरकारलाई कर तिर्देै आएपनिआफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्तनभएको उनले बताए।
परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउनमागगर्दै आएका छन्। भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रकाबुकीमात्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ।
अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुलाआकासमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षतिव्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन्।
पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जानथालेको छ । चिमखोलागाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आएका छन्। घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमागोठ झार्ने गरिन्छ।
रासस


