काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्ममा ३८ हजार जटिल प्रकृतिका दीर्घरोगीहरूले निशुल्क औषधोपचार सेवा पाएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा पेस गरेको आर्थिक सर्वेक्षण २०८१/२०८२ मा यो तथ्यांक उल्लेख छ।
चालु आवको ८ महिना (फागुनसम्म)मा ३७ हजार ९८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौलासम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधिसहितको स्वास्थ्य सेवा प्राप्त गरेका सर्वेक्षणमा उल्लेख छ।
यस्तै ९६.८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको सरकारको दाबी छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए।


