काठमाडौँ- आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य राखिएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट वक्तव्य बाचन गर्दै ५ उद्देश्य रहेको बताएका हुन्।
यी हुन् प्राथमिकताका क्षेत्र
१.उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने ।
२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने ।
३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।
४.सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।


