२०८३ कार्तिक २३ गते आईतबार

बजेटबारे के भन्छन् अर्थविद्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १५
1

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो नदेखिएको बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आकारका हिसावले गत वर्षको तुलनामा ठूलो आएको र बढी छरिएर आएको समेत बताए।

अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई पनि नसमेटिएको उनले बताए।

‘गत वर्षका महत्वपूर्ण कार्यक्रमलाई पनि अहिले समेट्न नसकेको र नियमित बजेटको रुपमा मात्रै आएको छ,’ उनले भने।

विद्युतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको उनको भनाइ छ।

कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेट समग्रमा ठिकै रहेको बताए।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बजेट अझै ठोस रुपमा प्रस्तुत गर्न सकिने भएपनि समग्रमा बजेट ठिकै रहेको टिप्पणी गरेका हुन्।

छरिएर रहेका आयोजनालाई घटाउने लगाएतका केही वित्तीय अनुशासनका विषयले सकारात्मक परिणाम आउने उनको धारणा छ।

बजेटमा केही महत्वपूर्ण विषयहरु समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने उनको विश्वास थियो।

अर्थशास्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको टिप्पणी गरेका छन्।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट खर्च गर्न सक्ने क्षमतामाथि उनले शङ्का व्यक्त गरे। ‘सरकारले आज १९ खर्ब ६४ अर्बको बजेट पेस गरेको छ। त्यो धेरै उत्ताउलो र गैरजिम्मेवार छैन भन्ने हामीले टिप्पणी गरेका छौँ। तर भूकम्पपछि ठुलो बजेटको आकार फुक्दै जाने, माघमा गएर सुक्ने जुन पुरानो रोगको निरन्तरता हुन्छ कि भन्ने हामीलाई चिन्ता छ’, उनले भने।

यसका आधार प्रस्तुत गर्दै वाग्लेले हिजो साँझसम्म सरकारले खर्च गरेको बजेट १२ सय ३० अर्ब रहेको र अर्थमन्त्रीले १९ सय ६४ अर्ब खर्च गर्छौँ भनेकाले विश्वास गर्ने ठाउँ नभएको विश्लेषण गरे।

‘गत साल १८ सय ६० अर्बको बजेट थियो। तर यो आर्थिक वर्ष सकिन ६ हप्ता पनि बाँकी छैन। अब २ खर्ब नै बढ्यो भने पनि सरकारले खर्च गर्ने क्षमता १४/१५ खर्ब मात्र रहेछ’, उनले भने, ‘अनुकूल समयमा बलिया सरकारले ल्याएको सरकारले पनि ८०/८५ प्रतिशत भन्दा बढी खर्च भएको छैन। यसलाई मनन गर्न हामी अर्थमन्त्रीलाई सन्देश दिएका छौँ।’

त्यसकारण घाँटी हेरेर हाड निल्ने कुरा गर्दा यो बजेट पनि त्यही पुरानै खालको हुन्छ कि भन्ने आफूहरूको चिन्ता रहेको बताए। अर्थमन्त्री पौडेलले पेस गरेको राजश्वका कुरा पनि त्यति पत्यारिला नभएको उनको भनाइ छ।

उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको दाबी गरेका छन्।

बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले आफुले ल्याएको बजेट बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चूनौती नहुने उनको जिकिर छ।

सुरु भएका आयोजनाहरुलाई सम्पन्न गर्नका लागि बजेटले बिशेष ध्यान दिएको उनले बताए। मन्त्री पौडेलले निजि क्षेत्रको मनोवल बनाउने र लगानी वृद्धि गर्ने दृष्टिकोणले अनुकुल रहको दावी गरे।

उनले अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको बिशेषता रहेको जिकिर गरे।

प्रकाशित: २०८२ जेठ १५ गते बिहिबार ०८:१५
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना