काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा ओलीले बैठक बोलाएका हुन्।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। बजेटका सन्दर्भमा प्रधानमन्त्री ओलीले सांसदहरूलाई आवश्यक निर्देशन दिने उनको भनाइ छ।
जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि छलफल सुरु हुँदै छ।


