२०८३ कार्तिक १२ गते बुधबार

विश्वमञ्चमा पर्यटनसँगै, संस्कृति र शान्तिदूतको छवि बनाउँदै बोर्ड

 |  दिलीप प्रकाश कार्की
Sanket

दिलीप प्रकाश कार्की

काठमाडौँ, जेठ १९
bitm11

सगरमाथाको चुचुरोसँगै उठेको सपना थियो – ‘पर्यटनलाई समृद्धिको आधार बनाउने।’ त्यही सपना साकार पार्न नेपाल पर्यटन बोर्ड ऐन, २०५३ कार्यान्वयनमा आएपछि २०५५ सालमा नेपाल पर्यटन बोर्डको स्थापना भयो।

सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको छवि संसारभरका पर्यटकसम्म पुर्‍याउन स्थापनादेखि नै बोर्डले विभिन्न क्रियाकलाप गर्दै आएको छ। गन्तव्यको प्रवर्द्धनमा मात्र सीमित नरही बोर्डले हिमालको शान्ति, जङ्गलको रहस्य र संस्कृतिको मिठास लगायतका नेपाली सम्पदाका आत्मा विश्वसामु पस्किने गरी काम गरिरहेको छ।

कुनै समय ठमेलका गल्ली र पोखराको लेकसाइडमा मात्र झुम्मिने विदेशी पर्यटक यतिबेला नेपालका कुनाकुनासम्म पुग्ने थालेका छन्। पहिले तीर्थाटनमा मात्र घर बाहिर जाने गरेका नेपालीमा अहिले विभिन्न स्थानमा आन्तरिक पर्यटकको रूपमा घुमफिर गर्ने प्रचलन ह्वात्तै बढेको छ।

यो पर्यटनको यात्रा मात्र होइन, नेपाललाई फर्कीफर्की हेर्न चाहने मनको सम्मिलन पनि हो। पर्यटकमा त्यही मनोभाव बगाइरहने वातावरण सिर्जना गर्दै बोर्डले निरन्तर आफ्ना योजना बनाइरहेको छ, नीतिहरूमा सुधार गरिरहेको छ र समयानुकूल रणनीति र क्रियाकलाप परिवर्तन गरिरहेको छ।

बोर्ड अब एउटा संस्थामा मात्र पनि सीमित रहेन, यो त नेपालका सपना, सम्भावना र संस्कृतिको संवाहक बनेको छ।

बोर्डका लागि पर्यटन ’गन्तव्यको व्यापार’ मात्र होइन, यो त विचार, संस्कृति र संवेदनाको अन्तर्राष्ट्रिय संवाद पनि हो। यही सन्देश लिएर बोर्ड सन् २०२५ को मार्च ८ र ९ मा अमेरिका, डेनभर (कोलोराडो) मा सम्पन्न ‘ट्राभल एण्ड एड्भेन्चर शो २०२५’ मा सहभागी भयो। दुई दिनसम्म चलेको यस भव्य मेलामा २५० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सहभागी भए, जहाँ ११ हजारभन्दा बढी आगन्तुकले नेपालका गन्तव्यलाई आँखामा अँगाले।

अमेरिकामा मात्र होइन, आइटिबी बर्लिनमा सहभागी भएको नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्रीको उपाधिबाट सम्मानित गरियो।
पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा फ्रान्स पुगेको नेपाल पर्यटन बोर्डको प्रतिनिधिमण्डलाई त्यहाँको सरकारले नेपाली पुरातात्त्विक सम्पदा फिर्ता गर्ने प्रतिबद्धता समेत दियो। विभिन्न कालखाण्डमा चोरी–तस्करीबाट फ्रान्स पुर्‍याइएका नेपाली ऐतिहासिक सम्पदा फिर्ता हुने क्रम जारी छ।

दिलीपप्रकाश कार्की

युरोपका विभिन्न मुलुक पुगेर नेपालका गन्तव्य, नेपाली कला–संस्कृति र खान्की तथा आतिथ्य प्रवर्द्धनमा लागिरहेको बोर्डले युद्ध लडिरहेको रुस पुगेर शान्तिको कामना गर्‍यो। अमेरिका र युरोपका पर्यटकका लागि साहसिक हिमाली यात्राको आकर्षण बनाएको नेपाललाई बोर्डले म्यानमार, थाइल्यान्ड जस्ता बौद्ध बहुल राष्ट्रका लागि ’लुम्बिनीको शान्ति सन्देश’को केन्द्रमा रह्यो।

छिमेकी भारत र चीनका लागि नेपालले धार्मिक सहिष्णुता र बहुसांस्कृतिक सौन्दर्यको उदाहरण त प्रस्तुत गरिरहेकै छ, संयुक्त अरब इमिरेट्स लगायतका मुस्लिम मुलुकमा पनि नेपाली धार्मिक सहिष्णुता र संस्कृतिको प्रवर्द्धन गरिरहेको छ। नेपाली खानाको स्वाद चखाउने, नेपाली कलाको विविधता प्रस्तुत गर्ने जिम्मेवारी बोर्डले निरन्तर निर्वाह गर्दै छ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको यो सहभागिता ‘डेस्टिनेसन शोकेसिङ’ मा सीमित रहेन, नेपालले पर्यटन मार्फत संवादको वातावरण पनि सिर्जना गर्‍यो। बोर्डले विश्वभरका आगन्तुकलाई नेपाल डाक्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट र सगरमाथा संवाद जस्ता अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आफ्नो ‘सफ्ट-पावर’ मार्फत देशको सामर्थ्य बढाउने कोसिस गरिरहेको छ।

बोर्डले विदेशमा गएर कार्यक्रम त गर्छ नै, विदेशीलाई नेपाल बोलाएर पनि कार्यक्रम उतिकै संख्यामा गरिरहेको छ। बोर्ड विदेशी पाहुनालाई स्थानीय गन्तव्यमा पुर्‍याउने काममा पनि निरन्तर लागिरहेको छ।

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पनि विभिन्न प्रदेशमा ट्राभल मार्ट गर्नेदेखि गाउँ पर्यटन मार्टकोसमेत अवधारणामा निरन्तर काम गर्दै यसका सम्भावना उजागर गर्ने र चुनौती चिर्ने विषयमा बहस गर्दै आएको छ।

 बोर्डले विश्वभरका आगन्तुकलाई नेपाल डाक्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट र सगरमाथा संवाद जस्ता अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आफ्नो ‘सफ्ट-पावर’ मार्फत देशको सामर्थ्य बढाउने कोसिस गरिरहेको छ।

पछिल्लो तीन महिनामा बोर्डले स्वदेश तथा विदेशमा पाँच दर्जनभन्दा बढी पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिसकेको छ। नेपाल सरकारको पहलमा भएको सगरमाथा संवादको व्यवस्थापन गर्ने र पर्यटनमा जलवायु परिवर्तनले पारेको असरबारे बोर्डले छलफल गराएको छ।

सगरमाथा संवाद सम्मेलनमा मात्र सीमित बनेन, जलवायु न्याय, सामाजिक समावेशीता र पर्यटनबारे पुनःविचार गर्ने बहसको फोरम पनि बनेको छ। जलवायु परिवर्तनले पर्यटकीय क्षेत्रमा पारेको असरबारे बहस भएको छ।

बोर्डले नेपालको पर्यटन क्षेत्रमा महिलाको भूमिका र प्रविधिले सिर्जना गरेका समस्या र सहजताका विषयमा पनि बहस र छलफल गराएको छ।

यसले सरकारलाई दीर्घकालीन नीति र योजना बनाउन सुझाव दिने कामसमेत गरेको छ। सरकार र निजी क्षेत्रबीच सेतुको रूपमा काम गर्दै आएको छ, बोर्डले कहिले सगरमाथाको आधार शिविरमा पुगेर आरोही, टुर गाइड, भरिया र आरोहणसँग सम्बन्धित व्यक्ति र निकायका समस्या सुन्ने गरेको छ भने कहिले सात समुद्रपारि गएर विदेशीलाई नेपाल घुम्न उत्प्रेरित गरिरहेको छ।

भुटानमा सम्पन्न ’ग्रामीण पर्यटनमा दक्षिण एसियाली महिला सम्मेलन’मा सहभागी भएर बोर्डले नेपालको महिला – नेतृत्वमा आधारित होमस्टे प्रणाली, ग्रामीण महिलाको स्वरोजगार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने मोडेल प्रस्तुत गर्‍यो। जसमा नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का र अफगानिस्तानका नेतृ र विज्ञहरूबीच बहस भएको थियो।

शान्तिका दूत गौतमबुद्धको जन्मस्थान नेपाल भएकाले बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआइटीएम) गर्दै विश्व शान्तिको कामनासमेत बोर्डले गरिरहेको छ। २०२५ मे २३ देखि २५ सम्म काठमाडौँ र लुम्बिनीमा आयोजना भएको छ।

बिआइटीएम मार्फतनेपालले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने प्रतिबद्धता जनाएको छ। मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरिएको छ।

त्यसैगरी जुन महिनाको पहिलो साता हिमालय ट्राभल मार्ट गर्ने भएको छ। बिआइटीएम धर्म र शान्तिका लागि पर्यटन प्रवर्द्धन गर्ने माध्यम हो भने, हिमालयन ट्राभल मार्ट (एचटीएम) साहस, सांस्कृतिक मिश्रण र हिमालप्रतिको आकर्षणको आह्वान हो। यसमा साहसिक पर्यटनका लागि नेपाललाई पूर्वाधार, सेवा र सुरक्षा दृष्टिले सक्षम गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएको छ।

आजको नेपाल सगरमाथा आरोहण, पदयात्रा वा साहसिक पर्यटनको गन्तव्यमा मात्र सीमित छैन। नेपाललाई संवेदनशील, जिम्मेवार र अनुभवमा आधारित पर्यटनको अन्तर्राष्ट्रिय नेतृत्व गर्न सक्षम बनाउने रणनीति अख्तियार गरिएको छ।

भूगोल, वेषभूषा, भोजन र भावना–यी सबै नेपालका सम्पत्ति हुन्। संस्कृति र प्रकृतिको अनुपम केन्द्र नेपालका यिनै सम्पदालाई बोर्डले अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्दै पर्यटकीय राष्ट्रको छवि निर्माण गरिरहेको छ। हिजोको ’पर्यटकीय गन्तव्य’ आजको ’नीतिगत बहसको मञ्च’ बनिसकेको छ।

यसबीचमा सगरमाथा आरोहणको ७२औं वर्ष पूरा भएको अवसरमा आयोजित सगरमाथा दिवसमा नेपाल पर्यटन बोर्डले ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना गरेको छ। यसमा सगरमाथा आरोहण गरेका र सगरमाथा क्षेत्रमा काम गरिरहेकालाई एउटै मञ्चमा ल्याएर हिमाल आरोहणका समस्या, चुनौती र समाधानका उपायबारे गम्भीर र जिम्मेवार बहस चलाएको छ।

बोर्ड अब एउटा संस्थामा मात्र पनि सीमित रहेन, यो त नेपालका सपना, सम्भावना र संस्कृतिको संवाहक बनेको छ – जहाँ गन्तव्यहरू बोल्छन्, संस्कृति गुञ्जिन्छ र प्रत्येक आगन्तुकको हृदयमा सधैंका लागि नेपाल बस्न थाल्छ। आखिर जुन देशका आकाशमा सगरमाथा मुस्कान बन्न उभिन्छ, त्यो देशको पर्यटन सपना मात्र होइन, विश्वलाई देखाउने सन्देश हुन्छ – शान्ति, संस्कृति र संवेदनाको सुन्दर संवाद।

(लेखक कार्की नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट हुन्।)

प्रकाशित: २०८२ जेठ १९ गते सोमबार ०३:२३
Sanket

दिलीप प्रकाश कार्की

आमसञ्चार तथा पत्रकारिताका अध्येता कार्की राजनीतिक तथा कूटनीतिक मामिलामा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना