हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो।
यहाँका १०८ धारा र दुई कुण्डमा स्नान गरे पापबाट मुक्ति मिल्छ भन्ने धार्मिक विश्वास रहेको छ।
नेपालका साथै भारतबाट पनि यहाँ ठूलो संख्यामा श्रद्धालु आइपुग्छन्।
जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, असक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्याउने गर्छन्।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


