काठमाडौँ- राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ।
आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधवार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएपछि होहल्ला भएको हो। उनी बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट भएका थिए।
संसद् बैठकका कारण लिङ्देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो।
समीक्षा बैठक भए पनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो। शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको कतिपय सहभागीले होहल्ला गरेका थिए।
राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा होहल्ला भएपछि आन्दोलन समितिका संयोजक नवराज सुवेदीले माइक लिएर कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए।
त्यसपछि युवाले ‘बूढाहरुबाट केही हुँदैन’ भन्दै छुट्टै बैठक गरिरहेको बताइएको छ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
