२०८३ कार्तिक २३ गते आईतबार

बिक्री हुनै छोड्यो मह, गोदाममै थुप्रियो २१ टन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २३
honey

काठमाडौँ- नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ। गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो। तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो।

तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो। किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलोमात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन्।

मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो। त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ। उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तरक्रियाका साथै बजारीकरणका लागि काठमाडौँमा मह मेला आयोजना गरिएको बताए।

मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ। जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ। त्यसबाहेक मह १३/१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ। यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ।

‘मह तताउँदा महको केही गुण नष्ट हुन्छ’, श्रेष्ठले भने। उनका अनुसार महको सेवन औषधी मात्रै होइन यो पौष्टिक तत्वका लागि पनि लाभदायक हुन्छ। महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउँछन्। मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरु पलायन हुने अवस्थामा समेत पुगेको उनको भनाइ छ। तत्कालीन समयमा सरकारलाई दबाब दिँएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो।

‘हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौँ, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ’, उनले भने।

मह मेलामा भेटिएका चितवनन कालिका नगरपालिका शक्तिखोरका वि एण्ड वि मौरी फर्मका सञ्चालक विकास नेपाल यसप्रकारका मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउँछन्। उनी उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्छन्।

‘नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौँ, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ’, उनले भने। उनी उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन्। नेपाली महको अन्तरराष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ।

मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँका अनुसार वर्ष वर्ष पाँच करोडभन्दा बढीको नेपाली मह निर्यात भएको थियो। यसले नेपालमा उत्पादित मह अन्तराष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उनको बुझाइ छ। विभिन्न देशले तय गरेको मापदण्डअनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उनले उल्लेख गरे।

मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभइ चरनमा पनि समस्या छ। विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्नेलगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन्।

किसान आफैँ मह उत्पादन गरेर बजार जान सक्दैनन्। सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ। हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन। त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन्।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा यी यावत समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई सङ्गठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउँछन्।

भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ। मेलामा सातै प्रदेशका किसानको सहभागिता छ। त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ।

मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ। उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ।

महासङ्घ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन्। नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको ६ हजार ५०० गोला छ। सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासङ्घमा आबद्ध छन्। -रासस

प्रकाशित: २०८२ जेठ २३ गते शुक्रबार ०१:४१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना