२०८३ कार्तिक २३ गते आईतबार

बंगलादेशलाई दैनिक ४० मेगावाट बिजुली बेच्न थालियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १
High pressure wire tower at sunset at dusk
ट्रान्समिसन लाइनको प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- सरकारले आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि ५ महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको हो।

आजदेखि आगामी कात्तिक २९ गते (१५ नोभेम्बर) सम्म अब हरेक दिन ४० मेगावाटका दरले बंगलादेशमा विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

गत कात्तिक ३० गते नेपाल, भारत र बंगलादेश गरी तीनै देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा विद्युत् निर्यातको भर्चुअल उद्घाटन गरेका थिए। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले बंगलादेश विद्युत् निर्यातको पहल अघि बढाएका थिए।

नेपालबाट दैनिक ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गर्ने गरी १७ असोज ०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो। त्यसपछि सबै प्रक्रिया पूरा गरी ३० कात्तिकमा एकदिन मात्रै विद्युत् निर्यात गरिएको थियो। सम्झौताअनुसार यस वर्षको विद्युत् व्यावसायिक रूपमा आजदेखि पठाउन सुरु गरिएको हो। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुशीको खबर भएको बताए। ‘बंलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,’ उनले भने। शनिबार राति १२ बजेदेखि भारतीय प्रसारणलाइन हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।

भारततर्फ भने केही वर्षअघि देखि नै विद्युत् निर्यात् हुँदै आएको छ। १५ नोभेम्बरपछि फेरि सात महिना बंगलादेश विद्युत् निर्यात बन्द हुनेछ। अर्को वर्षको १५ जुनबाट पुनः बंगलादेश विद्युत् निर्यात सुरु हुनेछ।

हिउँदका महिनामा नेपालमा कम विद्युत् उत्पादन हुने भएकाले बर्खामा मात्रै निर्यात गर्ने गरि बंगलादेशसँग विद्युत् निर्यात सम्झौता भएको हो। भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा नेपालले विद्युत् निर्यात गर्ने सम्झौतापत्रको अवधि पाँच वर्षसम्मको रहेको छ।

नेपालको विद्युत् खरिद गरेबापत बंगलादेशले नेपाललाई प्रतियुनिट ६.४० सेन्टका दरले शुल्क तिर्ने सम्झौता गरिएको छ। भारतले पनि प्रसारणलाइन प्रयोग गर्न दिएबापत बंगलादेशबाट तोकिएको शुल्क पाउने सम्झौता छ।

सरकारले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गरेर १५ हजार मेगावाट विद्युत् विदेश निर्यात गर्ने लक्ष्य लिएको छ। जसमा पाँच हजार मेगावाट बंगलादेशलाई बेच्ने लक्ष्य छ। बाँकी १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य छ।

प्रकाशित: २०८२ असार १ गते आईतबार ११:४६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना