विराटनगर- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ।
कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभामा बजेट पेस गरेका हुन्।
१८ अर्ब ६७ करोड ३३ लाख चालु र पूँजीगततर्फ १७ अर्ब १० करोड विनियोजन गरिएको छ।
वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन भएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो।
पूर्णपाठ


