उदयपुर- उदयपुरमा १४ वर्षीया किशोरी र २८ वर्षीय युवक मृत अवस्थामा भेटिएका छन्।
चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा किशोरी र युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए।
स्थानीय २८ वर्षीय रविन राई र उनकै छिमेकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधवार बिहान फेला परेको हो।
प्रहरीका अनुसार मञ्जुको शव बाटोमा फेला परेको र दुई सय मिटर नजिकै रविन झुन्डिएको अवस्थामा फेला परेका हुन्।
दुवै शव पोस्ट मार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ। किशोरी कक्षा १० की छात्रा हुन्।


