२०८३ कार्तिक २३ गते आईतबार

३ करोडभन्दा साना योजनाबारे अर्थमन्त्रीले जवाफ दिनुहुन्छ : पर्यटनमन्त्री पाण्डे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ९
badri_pandey

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले तीन करोडभन्दा साना रकमका योजनाका विषयमा अर्थमन्त्रीले जवाफ दिने बताएका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका छन्।

‘तीन करोडभन्दा बढीको बनाइयो। पछि ३ करोडभन्दा साना योजना बनाइयो। अर्थमन्त्रीले ३ करोडभन्दा साना बजेटका योजना कसरी बने भन्‍ने प्रश्‍नको जवाफ माननीय अर्थमन्त्रीले दिनुहुनेछ,’ उनले भने।

बजेट निर्माणका क्रममा सीमित स्रोत साधन र न्यूनतम योजना बनाउनुपर्ने, राजनीतिक सन्तुलन, क्षेत्रगत सन्तुलनका दृष्टिले हामीलाई बजेट बनाउन सकसपूर्ण भएको उनको भनाइ थियो।

आफूहरू स्रोतको दबाबमा रहेकाले समन्यायिक बजेट बनाउन नसकिएको उनको भनाइ थियो। ‘संस्कृति र पर्यटकीय र नागरिक उड्डयनका दृष्टिकोणले बजेट बनाउनुपर्ने बजेट बनाउने हो भने ५० अर्बभन्दा बढीको बजेट आवश्यक पर्छ,’ उनले भने।

मन्त्री पाण्डेको जवाफ
हाम्रो मन्त्रालयमा आएका सबै योजनाहरू व्यवस्थित रेकर्ड राखेका छौँ। सबै ठाउँमा योजनाहरू पार्न सक्ने अवस्था छ। मन्त्रीले एकलौटी गरेको छ कि छैन, क्षेत्र हेरेको छ कि छैन यहाँहरुले समीक्षा र विश्लेषण गरिदिनुस्। कोही योजना माग्‍ने र कोही दिने जस्तो देखिएको छ। हामी सबैले योजना बनाउने परिपाटी रोज्‍नुपर्छ।

संस्कृतिको क्षेत्रमा सूचीकृत भएका गुम्बा र मन्दिरहरू निर्माण गर्ने ठाउँमा ३ लाखदेखि १० लाखसम्म बजेट गएको छ। प्रदेशका सात वटा हिल स्टेशनहरू छानेका छौँ र निजी क्षेत्रलाईसमेत समेटेर टाकुरा कार्यक्रम सारेका छौँ।

नागरिक उड्डयन क्षेत्रमा ४९ करोड बजेट आवश्यक रहने भनिएको थियो। कतिपय विमानस्थल निर्माण गर्नुपर्ने र कतिपय विमानस्थल सुधार गर्नुपर्ने योजनाहरु थिए। ती योजनाहरु निरन्तरता दिने गरी योजना बनाएका छौं। निजगढ विमानस्थल नेपालको महत्वाकांक्षी विमानस्थलको रुपमा छ। यस विमानस्थलको निर्माणको मोडालिटी र सञ्‍चालनको मोडालिटी सँगसँगै गर्ने गरी काम गरिरहेका छौं। सबै जिल्लाको सहभागिता गर्ने कोशिष भन्दा पनि मनाङ र रुकुम पश्‍चिममा एउटा पनि योजना परेको रहेनछ। हामीले योजना बनाउँदा आगामी दिनमा के गर्न सकिन्छ, त्यसका विकल्पहरुबारे हामी छलफल गरेर काम गर्नेछौं।

अब योजनाको कार्यान्वयन कसरी गर्न सकिन्छ भन्‍ने काम सुरु गरिसकेका छौं। र योजना नपरेका जिल्लामा कसरी काम गर्न सकिन्छ भन्‍ने विषयमा पनि हामी छलफलमा छौं। पछाडि परेका १० जिल्लालाई विशेष कार्यक्रम सञ्‍चालन गर्ने के गर्न सकिन्छ भन्‍ने अभियान चलाएका छौं र अहिले त्यो कार्यक्रमका लागि ५८ करोड मात्र परेको छ। यसका लागि सबै मन्त्रालयले ध्यान दिनुपर्ने कुरामा हामीले भनेका छौं। समन्यायिक विकास हुने हिसाबले बजेट विनियोजन होस् भन्‍ने कुरामा हामी केन्द्रित छौं।

सबै मन्त्रालयहरुले पछाडि परेको जिल्ला र क्षेत्रहरुलाई अगाडि ल्याउनका लागि समन्यायिक बाटोबाट जानेछौं। पर्यटन क्षेत्रलाई कसरी काम गर्न सकिन्छ भन्‍ने प्रधानमन्त्रीज्यूसहित हामीले पर्यटन संवाद गरेका छौं। बजेट अंकमा बनाउनु भन्दा पनि अक्षर र नीतिमा बनाउने काममा केन्द्रित छौं। धर्म दानबाट चलाउने मोडालिटीबाट कसरी लिएर जाने भन्‍ने कुरामा हामी संस्कृति नीति अन्तिम चरणमा छौं। पर्यटन नीति बनाउने क्रममा छौं। हवाई नीति हामीले बनाइरहेका छौं। नेपाल एयरलाइन्सलाई कसरी विश्‍वसनीय बनाउने विषयमा हामी कानुन निर्माणको काममा छौं।

हामीले निजी क्षेत्रसँग मिलेर काम गर्नेछौं। देशको अर्थतन्त्रमा योगदान गर्नुपर्ने काम हामी गर्छौं। मन्त्रालयको बाध्यता, अप्ठ्यारो र बजेटको सीमा यहाँहरुले बुझ्‍नुभएको छ। त्यसमा आधारित प्रश्‍नहरु गर्नुभएको छ। ती प्रश्‍नहरुको आगामी आर्थिक वर्षमा हामीले हल गर्दछौं।

सांसदहरुका प्रश्न र मन्त्री पाण्डेका उत्तर

अमनलाल मोदीको प्रश्न
पोखरा र भैरहवा विमानस्थलमा देखिएका भ्रष्टाचार र कारबाहीका सिफारिस र निलम्बनको सिफारिस किन भएन। विराटनगर विमानस्थललाई क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बजेट विनियोजन किन हुन सकेन?

मन्त्री पाण्डेको उत्तर
एकैजना सांसद्ले धेरै पर्यटकीय सम्पदासम्बन्धी योजना भन्‍नपर्ने स्थितिमा छौं। यसको सीमा बुझ्‍नुभएको छ। पोखरा र भैरहवा विमानस्थलमा भएको अनियमितताको विषय समितिबाट अख्तियारमा गएको छ। अख्तियारले पनि केही काम अगाडि बढाएको हाम्रो जानकारीमा छैन। समितिले पनि हामीले औपचारिक रुपमा हामीलाई यही गर्नुपर्ने कुनै निर्देशन छैन। अहिले छानबिनको दायरामा भएकोले केही गर्नसक्ने स्थिति छैन।

रामकुमार राईको प्रश्न
प्रधानमन्त्री र पार्टी सभापतिको जिल्लामा धेरै योजना गएका छन्, अरुलाई किन हेरिएन ? मुन्धुम ट्रेलका लागि बजेट किन विनियोजन हुन सकेन ?

मन्त्री पाण्डेको उत्तर
यो प्रधानमन्त्रीय पद्धति हो। मुन्धुम ट्रेल अहिले चलिरहेको छ। क्रमागतरुपमा अघि बढिरहेको छ।

शक्ति बस्‍नेतको प्रश्न
चौरजहारी विमानस्थल सञ्‍चालन किन हुन सकेन?

मन्त्री पाण्डेको उत्तर
हामीसँग नेपाल एयरलाइन्सको दुईवटा ट्विनटर मात्रै छन् र निजी क्षेत्रसँग पनि सीमित विमानहरु भएका कारण सबै विमानस्थल सुचारु गर्नसक्ने अवस्था छैन। विमानहरु खरिद गर्ने कुरा चलिरहेको छ, यस विषयमा हामी छलफलमा छौं।

प्रकाश ज्वालाको प्रश्न
सल्यान जिल्लाका विभिन्‍न ताल, धार्मिक तथा पर्यटकीय स्थलमा बजेट छुट्याउनु भएन किन ? नेपाल आउने पर्यटकलाई ४५०००० को सीमा हटाउनु योजना के छ ? टरी गाउँ विमानस्थल कसरी बनाउन सकिन्छ ?

मन्त्री पाण्डेको उत्तर
माननीयले भनेका सबै ठाउँहरु सबै महत्वपूर्ण सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण छन्। टरिगाउँ विमानस्थलमा विनियोजनको बाध्यता मैले जानकारी दिइसकेका छौं।

छिरिङ डङ्डोल लामा भोटेको प्रश्न
मानसरोवर कैलाश, मुगुको रारा-ताल छायाँनाथ, जुम्लाको चन्दननाथ, दैलेखको पञ्‍चदेवल, सुर्खेतको काक्रेविहार र लुम्बिनी जोड्‍ने सर्किटको योजना के छ ? दुर्गम जिल्लामा हवाई यात्रा नियमित सञ्‍चालन किन हुन सकेन ?

मन्त्री पाण्डेको उत्तर
यस्तो सर्किट आवश्यक छन्। हामी विभिन्‍न सर्किटहरु बनाउने काममा लागिरहेका छौं। यो सर्किट पनि हामी बनाउनका लागि विभिन्‍न निकायमार्फत् बनाउने कोशिस गर्छौं।

रणेन्द्र बराइलीको प्रश्न
जातीय छुवाछुतको जनचेतना जगाउँदै सांस्कृतिक रुपान्तरण जगाउँदै आएको नेपाल दलित साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको नाम निशाना नै लिइएन ? दलितसित सम्बन्धित सबै बजेटहरु कहीँकतै पनि परेका छैनन् ?

मन्त्री पाण्डेको उत्तर
यो प्रतिष्ठानमा तीन वर्षदेखि कुनै बजेट गएको छैन। तर, केही प्रतिष्ठानहरु परेका छन्। यस विषयमा हामीले अर्थ मन्त्रालयसँग प्रश्‍नको जवाफ दिनुहुनेछ भन्‍ने विश्‍वास छ।

प्रकाशित: २०८२ असार ९ गते सोमबार ०६:२०
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना