२०८३ कार्तिक १७ गते सोमबार

‘कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको सम्भावना’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १५
dr

काठमाडौँ- नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने स्पष्ट संकेत दिएको छ।

झापाको विर्तामोडस्थित सिटी सेन्टरमा आयोजित यो दुईदिने भव्य कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा गहिरो विश्वास जगाएको छ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सडानन्द मण्डलले उद्घाटन मन्तव्यमा कोशीको समृद्धिको मेरुदण्ड पर्यटन नै भएको उल्लेख गर्दै स्वास्थ्य पर्यटनप्रति सरकार गम्भीर रहेको बताए। ‘हामी पर्यटन प्रवद्र्धनबाट समृद्धि हासिल गर्ने दिशामा स्पष्ट मार्गमा अघि बढिरहेका छौं,’ मन्त्री मण्डलले भने, ‘भारतबाट उपचारका लागि आउने पर्यटकहरूका लागि सहज र सुरक्षित वातावरण बनाउन प्रदेश सरकार कटिबद्ध छ।’

उनले कोशी प्रदेशमा उपलब्ध गुणस्तरीय मानव स्रोत, अनुकूल हावापानी, आधुनिक स्वास्थ्य पूर्वाधार, र प्राकृतिक शान्त वातावरणले उपचारमा सहयोग पुग्ने भएकाले आयुर्वेददेखि एलोपेथी उपचारसम्मका लागि कोशी उपयुक्त गन्तव्य भएको उल्लेख गरे। ‘यहाँको हावापानीले नै धेरै रोग निको हुन्छ,’ उनले भने, ‘स्वास्थ्य पर्यटन सेवा विस्तार र कानुनी सहुलियतका उपायहरूमा सरकार निरन्तर काम गरिरहेको छ।’

मार्टमा आँखा, दन्त, छाला र आयुर्वेदिक उपचार सेवा दिने अस्पतालहरू, होटल व्यवसायी, पर्यटन सेवा प्रदायक, औषधालय तथा विभिन्न निकायहरूका गरी ४८ वटा स्टलहरू राखिएका थिए। साथै, कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनीले मार्टलाई थप आकर्षक बनाएको थियो।

फिनल्याण्डदेखि विराटनगरसम्म चार्टर्ड फ्लाइटमार्फत उपचार गर्न आएका विदेशीको अनुभवदेखि सीमावर्ती भारतीय पर्यटकहरूको नियमित आउजाउसम्मका उदाहरणहरूले कोशीको क्षमताको पुष्टि गरेका छन्।

स्वास्थ्य पर्यटनको सम्भावना, चुनौती र सुधारका विषयमा केन्द्रित दुईवटा प्यानल छलफल मार्टका क्रममा गरिएको थियो। पहिलो सत्रमा आँखा रोग विशेषज्ञ डा. अजितकुमार ठाकुर, क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्रकुमार शर्मा, पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनाल, र भारतका पर्यटन व्यवसायी देवाशिष चक्रवर्तीले संयुक्त रुपमा स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनको सम्भावना र खाका प्रस्तुत गरे।

दोस्रो सत्र ‘सीमापार पर्यटन’ शीर्षकमा सम्पन्न प्यानल छलफलमा नेपाल कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ, नाटा कोशी प्रदेशका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठ, एचएचटीडीएनका महासचिव सम्राट सिग्देल र बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सीमा पार पर्यटनमा नीति, पूर्वाधार र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

स्वास्थ्य पर्यटन प्रवद्र्धनको अर्को महत्वपूर्ण नेपाल र भारतका पर्यटन व्यवसायीबीच सम्पन्न बीटुबी बैठक हो। भारतका २५ भन्दा बढी प्रतिनिधिको सहभागिताले भविष्यमा उपचार प्याकेज निर्माण, लगानीका सम्भावना र सहकार्यका रणनीतिमा नयाँ आधार तय गर्ने विश्वास गरिएको छ।

आँखा रोग विशेषज्ञ डा. ठाकुरले नेपालकै उच्च पदस्थ व्यक्ति तथा भारतका विशिष्ट व्यक्तित्वले आँखा उपचारका लागि नेपाल रोज्‍ने गरेको अनुभव सुनाए। ‘हामी पूर्वाधार, जनशक्ति र गुणस्तरका हिसाबले तयार छौं,’ उनले भने।

त्यसैगरी क्यानसर रोग विशेषज्ञ डा. शर्माले प्रचारको अभावका कारण हाम्रो स्वास्थ्य पर्यटनमा सकेजति प्रगति हुन नसकेको धारणा राखे। उनी भन्छन्, ‘भारतको तुलनामा सस्तो र गुणस्तरीय सेवा दिन सक्ने हाम्रो क्षमता छ। तर प्रचार अभाव छ।’

बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटनलाई नयाँ एभिन्यूका रूपमा अघि बढाउँदै नेपालको हिलिङ वातावरण र हिमाली प्रभावलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रुपमा प्रस्तुत गर्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटनलाई नेपालको आर्थिक विकासको रणनीतिक मार्गको रूपमा चित्रण गरेका छन्। उनले निजी तथा सार्वजनिक क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

‘स्वास्थ्य सँगसँगै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न यो मार्टले कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, शान्त प्राकृतिक वातावरण, सीमापार पहुँच, तथा सरकारी इच्छाशक्तिको समिश्रणमार्फत नेपाललाई स्वास्थ्य पर्यटनको उदीयमान गन्तव्य बनाउने दिशामा पहलको सुरुवात गराएको छ।

प्रकाशित: २०८२ असार १५ गते आईतबार ०७:५०
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना