२०८३ कार्तिक २३ गते आईतबार

क्यान टुक्र्याउने विधेयक टुंग्याउन मन्त्रीको हतारो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
caan_discussion

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्ने विधेयकलाई अघि बढाउन तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डले चासो दिने गरेको बताएका छन्।

हाल सेवा प्रदायक र नियामक समेत क्यान नै रहेकाले विभिन्न विषयमा स्वार्थ गाँसिन पुगेको र अन्तर्राष्ट्रिय नियामकहरूले समेत प्रश्न उठाएको भन्दै सरकारले क्यान विभाजन गर्ने विधेयक प्रतिनिधि सभामा पठाएको छ।

अब क्यानलाई विभाजन गरी हवाई सेवा प्रदायक र नियामक बनाउने गरी मन्त्री पाण्डेले दर्ता गराएका दुई विधेयकलाई टुंगोमा पुर्‍याउन ढिला गर्न नहुने मन्त्रीको भनाइ आएको हो। दुवै विधेयकलाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्ने पाण्डेको भनाइ छ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा भएको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो उल्लेख गरेका हुन्। विधेयकलाई अन्तिम टुंगोमा पुर्‍याउनका लागि सरकारले मात्र नभएर सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझाव लिइने उनले बताए।

‘प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाछुट्टै संरचना आवश्यक भएको महसुस गरी दुई विधेयक सरकारले संसदमा दर्ता गराएको हो,’ मन्त्री पाण्डेले भने, ‘आईकाओलगायतका अन्तर्राष्ट्रिय निकायको सिफारिस र नेपालको आवश्यकताका आधारमा विधेयक ल्याइएको हो।’

नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेको उल्लेख गर्दै अब गठन हुने दुई निकायको क्षेत्राधिकारका विषयमा कुनै अन्योल नरहेको दाबी गरे।

मन्त्री पाण्डेले विधेयक तयार पार्ने क्रममा सरोकारवाला निकाय र विज्ञहरूसँग पटक–पटक छलफल र परामर्श गरिएको दाबी गरे। नियामक र सेवा प्रदायक निकाय छुट्टिएर स्वायत्त रुपमा सञ्चालनमा आए मात्र हवाई सुरक्षामा सुधार आउनेमा विश्वास उनको छ। यसलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने उनले उल्लेख गरे।

विधेयकमाथि प्रतिनिधि सभाका ७५ जना सांसदहरूले सक्रिय रुपमा भाग लिएर छलफल भइसकेको र अब संशोधनमाथि गहन छलफल गरेर निष्कर्षमा पुगिने विश्वास उनले बताए।

मन्त्रीले विधेयक चाँडो निष्कर्षमा पुर्‍याइदिन समितिलाई अनुरोध गरेपछि समितिका सभापति राजकिशोर यादवले विधेयक महत्त्वपूर्ण प्रकृतिको भएको उल्लेख गर्दै सांसदहरूलाई गम्भीरतापूर्वक छलफलमा सहभागी भइदिन अनुरोध गरे।

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले मन्त्रीले हतार हतार कानुन बनाइदिन माग गरेपछि जवाफ फर्काएका थिए। हतार हतार त्रुटिपूर्ण कानुन बनाउन नहुने उनको कुरा थियो। १२ वर्षभन्दा लामो समयदेखि आवश्यक कानुन बन्न नसकेको चर्चा गर्दै उनले तर हतारमा त्रुटिपूर्ण कानुन बनाउन नहुने धारणा राखेका हुन्।

माघ १९ गते मन्त्री पाण्डेले प्रतिनिधि सभामा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता गराएका थिए। यी दुई विधेयक पारित भएर बनेका निकायले काम थालेपछि युरोपेली संघले नेपाली आकाशलाई कालोसूचीबाट हटाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: २०८२ असार २० गते शुक्रबार ०१:००
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना