काठमाडौँ– निरन्तरको वर्षापछिको बाढीपहिरोबाट देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। देशका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही राजमार्ग एकतर्फी बनेका छन्।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।
बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन्।


