२०८३ कार्तिक १६ गते आईतबार

कहिलेसम्म चल्छ रास्वपाको संसद् अवरोध?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
rsp_birodh (5)

काठमाडौँ- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र उनको राजीनामा माग गर्दै रास्वपाले जेठ १३ गतेबाट संसद् अवरोध गर्दै आएको छ। कहिले पलेँटी त कहिले योगासन र कहिलेकाहीँ नीलो स्कार्फसहित लेखकको राजीनामा र छानबिन समिति माग गर्दै संसद अवरोध गर्दै आएको छ।

पछिल्लो समय रास्वपाले संसद बैठकमा आफ्ना कुरा राख्ने तर अरुका कुरा नसुन्ने नीति लिएको छ। सुरुमा आफ्ना सांसदलाई बोल्नका लागि समय सभामुखसँग माग गर्ने र आफ्ना सांसदले कुरा राख्ने बित्तिकै प्रतिनिधि सभा बैठक बहिष्कार गर्ने नीति अख्तियार गर्दै आएको रास्वपाको अवरोधलाई सत्ता पक्षका दलले खास चासो दिएका छैनन्। रास्वपाको यस्तो अवरोध अझ कहिलेसम्म चल्छ भन्ने जिज्ञासा पनि आम मानिसहरूले गर्न थालेका छन्।

‘भिजिट भिसा’ दुरुपयोगको विषयमा गम्भीर ढंगले छानबिन हुनुपर्ने माग गर्दै रास्वपाले माग पूरा नभएसम्म सदनमा अवरोध जारी रहने बताउँदै आएको छ।

रास्वपाको जस्तै माग राखेको माओवादी केन्द्रले सदन खुलाएर बजेटलगायतका विधेयकमाथिको छलफलमा सहभागी भइसकेको छ। माओवादीले साथ छोडेपछि रास्वपालाई राप्रपाले साथ त दिएको छ तर स्वर बलियो बन्न सकेको छैन।

बुधबार (आज) बसेको संसद बैठकमा पनि रास्वपा र राप्रपाका सांसदहरुले आफ्नो धारणा राखेपछि सदनबाट बहिष्कार गरेका थिए।

बैठक सुरु हुनासाथ रास्वपाकी सांसद सोबिता गौतमले वक्तव्य दिँदै, भिजिट भिसासम्बन्धी प्रकरणमा गम्भीरता नअपनाइएको आरोप लगाइन्।

सरकारलाई लक्षित गर्दै उनले भनिन्, ‘नागरिक बेचबिखनजस्तो संवेदनशील विषयमा सरोकारवालाहरूको हित प्रतिविम्बित नहुने, कनिष्ठ तहका कर्मचारीहरू सम्मिलित समिति बनाइँदैछ। यसरी झेली शैलीमा काम गरेर समस्या समाधान हुँदैन।’

गौतमका अनुसार उच्चस्तरीय छानबिन आयोग वा संसदीय समिति गठन नभएसम्म रास्वपाले बैठक बहिष्कार जारी राख्नेछ।

यता, राप्रपाकी सांसद अनिशा नेपालीले समेत गौतमकै भनाइलाई समर्थन जनाउँदै सरकारको निर्णयलाई ‘टालटुल’ शैलीको कदम भनेकी छिन्। उनले भनिन्, ‘हामीले मागेको उच्चस्तरीय समिति हो, सामान्य प्रशासनिक समिति हैन। यस्तो गम्भीर विषयमा टालटुले समिति बनाउनु आपत्तिजनक छ।’

प्रकाशित: २०८२ असार २५ गते बुधबार ०५:५७
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना