काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्मा अनुपस्थित भएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक विषयमा छलफल गर्न बोलाइएको पदाधिकारी बैठकमा शर्मा अनुपस्थित देखिएका हुन्।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार शर्मासहित अन्य तीन जना पदाधिकारी अनुपस्थित छन्।
‘बैठकमा उपमहासचिव शर्मासहित अन्य तीन जना पदाधिकारीहरु अनुपस्थित हुनुभएको छ, उहाँ काठमाडौँबाहिर भएकाले बैठकमा आउनु भएन। उहाँ मात्रै होइन, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चन्द्रप्रकाश खनाल र गणेश साह पनि आउनु भएको छैन,’ उनले भने।
पछिल्लो समय शर्माको अध्यक्ष पुष्पकमल दाहालसंग दुरी बढ्दै गएको छ।
यस्तो बेलामा उनी बैठकमा अनुपस्थित हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।
