काठमाडौँ- काठमाडौँ महानगर पालिकाले झन्डै २६ अर्बको बजेट ल्याएको छ।
आइतवार महानगरकी उपप्रमुख सुनीता डंगोलले नगरसभामा बजेट पेस गर्दै २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी हुन्।
चालु आवका लागि काठमाडौँ महानगरले २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको बजेट ल्याएको थियो।
गत वर्षभन्दा यसपालि केही बढी रकमको मात्र बजेट ल्याइएको हो।
स्थानीय सरकारले असार १० गते नै बजेट नगरसभामा पेस गर्नुपर्ने भएपनि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको विवादका कारण बजेट असार २९ मात्र ल्याइएको हो।
यस्तो छ बजेटको पूर्णपाठ


