काठमाडौँ- सोमवार प्रकाशमान सिंह निवास चाक्सीवारी पुगेका नेपाली कांग्रेसका ५ नेताहरू सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।
मंगलवार सभापति देउवा निवास बुढानीलकण्ठमा नेताहरूमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन्।
सोमबार नेपाली कांग्रेसका ७ जना नेताहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भेला भएका थिए। त्यही बैठकमा भएका विषयहरू जानकारी गराउन मंगलवार उनीहरू देउवा निवास पुगेका हुन्।
कांग्रेस र एमालेबीचमा भएको ७ बुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्माको ओलीको ध्यानाकर्षण गराउने चाक्सीवारीको निर्णय बोकेर नेताहरू बुढानीलकण्ठ पुगेका हुन्।
चाक्सीबारी छलफलमा सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी भएका थिए।
सोमवार ७ जनाको समूहमा रहेका पूर्व पदाधिकारीमध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने देउवा निवास पुगेका छैनन्।


