२०८३ कार्तिक २२ गते शनिवार

रोयल ट्युलिप चितवनद्वारा अल-डे-डाइनिङ रेष्टुराँ ‘माझीघर’ शुभारम्भ

 |   राजेन्द्र आचार्य
Sanket

 राजेन्द्र आचार्य

काठमाडौँ, साउन ९
96bbe7d2-a4ce-427f-9b04-c9349724afe5

 चितवनको पर्यटकीय नगरी सौराहामा अवस्थित पाँच तारे होटल रोयल ट्युलिप चितवनले अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’को शुभारम्भ गरेको छ।

लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित रिसोर्ट, रोयल ट्युलिप चितवनले आज मात्र आफ्नो नयाँ अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘द माझीघर’ को सौम्य शुरुवात (सफ्ट ओपनिङ) को घोषणासगैं शुभारम्भ गरेको हो। सौराहमा रहेको यो रिसोर्टको आगमनले यस क्षेत्रमा भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने यसको सञ्चालक कम्पनीको लक्ष्य छ। माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझीघर’ ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर साहले बताए।

‘यहाँ पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्छन्। स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय दुवैको अनुभव प्रदान गरेर चितवनको आतिथ्य परिदृश्यलाई समृद्ध बनाउन हामी प्रतिवद्ध छौं’ अध्यक्ष साहले भने,  ‘यही असोजदेखि होटल पनि भव्यताका साथ सुरू गर्नेछौं।’

चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित यस रिसोर्टमा ६५ वटा सुन्दर कोठा र भिलाहरू छन्।  ४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा  विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्। रिसोर्टमा पाहुनाहरूले स्पा, फिटनेस सेन्टर, पौडी पोखरी र माझीघर, फरेस्ट फ्लेम, माचान (एक घुम्ने डेक) र जीवन्त तनावी स्पोर्टस् बारमा विविध भोजन अनुभव जस्ता विश्व–स्तरीय सुविधाहरूको आनन्द लिन सक्छन्।

प्रकृतिको सुन्दरता र जंगली जनावरका अवलोकन जस्ता कुराहरुले कहलिएको सौराहामा क्षेत्रीय पर्यटनलाई बढावा दिन, स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र चितवनमा विलासिताका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने प्रयास स्वरुप रिसोर्ट सुरु गरेको साहको भनाइ छ। “रोयल ट्युलिप चितवनले नेपालको पर्यटन उद्योगलाई सुदृढ पार्न, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न र सौराहाका स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ’ रिसोर्टका महाप्रबन्धक सचिन शर्माले भने,“दिगो विकासप्रति प्रतिबद्ध रोयल ट्युलिप चितवनले इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग जस्ता पहलहरू सुरु गरेको छ, जसले १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्ने छ।”

प्रकाशित: २०८२ साउन ९ गते शुक्रबार ०४:३७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना