काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ।
बढी मात्रामा बिजुली खपत हुन थालेको भन्दै प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो।
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको प्राधिकरणको भनाइ छ।
यसअनुसार भोलि (साउन ११) देखि लागु हुने गरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा लोडसेडिङ हुने भएको हो।
कहाँ कतिबेला लोडसेडिङ ?
१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।
सूचना :


