काठमाडौँ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा सत्याग्रह जारी राखेका छन्।
आइतबारबाट सुरु भएको सत्याग्रह आज पनि जारी छ। तर सरकार पक्षबाट कुनै प्रतिक्रिया नआएको उनले गुनासो गरेका छन्।
‘आज सत्याग्रहको दोस्रो दिन हो। पाल टाँगेर बसिरहेको छु। माग सम्बोधनका लागि सरकारी पक्षबाट कुनै जानकारी आएको छैन,’उनले भने।
विभिन्न सातबुँदे मागसहित आइतबारदेखि सत्याग्रह थालेका भट्टराई आज वर्षा भएपछि पाल टाँगेर बसेका छन्।
मेयर भट्टराईले देशव्यापीरूपमा बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्नेलगायत माग राखेका छन्।


