२०८३ कार्तिक १६ गते आईतबार

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध उभिए कांग्रेसकै २२ सांसद, बानियाँ पक्षमा बहुमत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १३
Untitled

काठमाडौँ– बागमती प्रदेशसभामा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ।

मंगलबार सम्पन्न मतदानमा लामाको पक्षमा १५ सांसद उभिए भने विपक्षमा २२ सांसदले मत दिए।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो। बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो।

गत शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये २ जना सांसद लामाको पक्षमा उभिए पनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नोतिर तान्दै २२ सांसद जुटाएका हुन्।

बागमतीका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आजै राजीनामा दिएर बानियाँको पक्ष लिएका हुन्।

अब नयाँ संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुनेछ। उक्त निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका खुल्नेछ।

तर, आफ्नै पार्टीका लामालाई दलको नेताबाट हटाएका बानियाँका लागि प्रदेशसभामा अर्को चुनौती छ। यदि लामाले आफूलाई हटाएको बदला फ्लोर क्रस गरेर लिए भने बानियाँ एक पटक फेरि मुख्यमन्त्रीबाट बञ्चित हुन सक्नेछन्।

बानियाँ २०७९ को निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा तत्कालीन माओवादी केन्द्रसहितको सत्ता गठबन्धबाट विजयी भएका थिए।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गरेका थिए। उनी यसअघि पनि मुख्यमन्त्रीको दौडमा थिए। तर उनलाई अवसर नदिइ कांग्रेसले नुवाकोटका लामालाई अवसर दिएको थियो।

यसअघि, सोमबार साँझ अविश्वास प्रस्तावमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन बनेको थियो। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको थियो।

गत शुक्रबार कांग्रेसका चार मन्त्रीले राजीनामा दिएर इन्द्र बानियाँको पक्षमा खुलेका थिए।

मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेका र योजना बेचेको आरोप लगाउँदै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट भएका थिए।

राजीनामा दिनेमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ रहेका छन्।

उनीहरुले प्रदेशमा संसदीय दलको नेता परिवर्तन गर्न आफूहरूले राजीनामा दिएको बताएका थिए।

२०७९ पुस १३ गते भएको निर्वाचनमा बानियाँलाई ५ मतले हराएर लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए। बागमतीमा कांग्रेस र एमालेका गठबन्धन सरकार छ। कांग्रेसका ३७ जना सांसद छन्।

यसबीच सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास चलेको थियो। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू मीना पराजुली र माया श्रेष्ठले विज्ञप्ति जारी गरेरै प्रस्ताव फिर्ता लिएको र लामाकै पक्षमा रहेको बताएका थिए। तर, पराजुली फेरि बानियाँकै पक्षमा फर्किएकी छन्।

प्रकाशित: २०८२ साउन १३ गते मङ्गलबार ०२:०६
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना