२०८३ कार्तिक २२ गते शनिवार

पर्यटक बढेपछि ढोरपाटनका गोठाला खुशी

 |  डम्बर बुढामगर
Sanket

डम्बर बुढामगर

काठमाडौँ, साउन १४
dhorpatan

बागलुङ- बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ।

ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकी पाटन पुग्ने गरेका छन्। बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ। पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ। बुकी पाटन पुगेका पर्यटकहरु गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु गोठमै खपत हुन थालेको हो।

गोठालाले उत्पादन गरेको दूध, दही र महीसमेत बुकी पाटनमै खपत भएपछि आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन्। उनीहरूले पर्यटकलाई भैँसीको दूधसँगै दूधबाट बन्ने खिर, चिया, मही तथा दही खुवाएर आम्दानी गर्न थालेका छन्। भैँसी पालेर घ्यू उत्पादन गरेर बिक्री गर्दै आएका बुकी पाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरीचरनका रूपमा रहेको बुकी पाट पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए।

“पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही त फालिन्थ्यो, अहिले बर्खामा पर्यटक भरिभराउ छन् बुकी पाटनमा पर्यटकहरू आएपछि महीसमेत बिक्री हुन्छ”, उनले भने, “पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खिर पकाएर पर्यटकलाई खुवाइन्छ, गोठमै दूध, मही बिक्री भएपछि बोकेर ढोरपाटन ल्याउनै पर्ने भएन।”

बुकी पाटन उक्लनले बीच बाटोको चेप्टेढुंगामा गोठबाटै चिया बिक्री गरेर राम्रो आम्दानी गरेको गुमानसिंह कुमाइले बताए बुकी उक्लनेलाई प्रतिगिलास रु. १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ। दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाइको भनाइ छ।

उनको गोठमा एकै दिन १०० गिलाससम्म चिया खपत भएको छ । तीन वटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएको कुमाइको चेप्टेढुंगामा अस्थायी घुम्ती गोठ रहेको छ। पदयात्राको छेउमै गोठ भएकाले दूध र चिया असारयता निकै खपत भएको उनको भनाइ छ।

“बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मिठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो सिजनमा घ्यू बनाउन आवश्यक छैन”, कुमाइले भने, “पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मही समेत अहिले महँगो मूल्यमा बिक्री हुन्छ, घण्टौँ हिँडेका पदयात्रीले मिठो मानेर मोही, दही, चिया खाने गरेका छन्।” ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि बुकी पाटन यस पटक गुल्जार बनेको छ।

ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको संख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी गर्ने, घर बासमा बस्ने र गोठमा बस्ने पर्यटकका कारण आय आर्जनमा सघाएको छ। ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय सिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक त्यहाँ आउने गरेका छन्। समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकी पाटनसम्म पर्यटक पुग्ने थालेका छन्।

प्रकाशित: २०८२ साउन १४ गते बुधबार ०१:४२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना