काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ।
हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो।
लालवीर नाउपाका संरक्षक रेशमलाल चौधरीका पिता हुन्।
अध्यक्षको जिम्मेवारी पाइसकेपछि लालवीरले विधि र पद्धतिका आधारमा पार्टीलाई अघि बढाउने बताएका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म बैठक नराखेको उनको आरोप छ। श्रेष्ठलाई अझै पनि सहमति र सहकार्यका लागि आउन उनको आग्रह पनि छ।
गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका थिए।
पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल अडिओ प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरणसमेत लिइसकेको छ।


