२०८३ कार्तिक २२ गते शनिवार

‘अझै बढ्न सक्छ सेयर बजार’

 |  सुरेन्द्र सुवेदी
Sanket

सुरेन्द्र सुवेदी

काठमाडौँ, साउन १८
nepse_bull

काठमाडौँ- पछिल्लो समय नेप्से बढ्दो क्रम (बुलिस ट्रेन्ड)मा छ। यही साउन १३ गते ३००२ बिन्दुमा पुगेको बजारमा त्यसपछि दुई दिन ‘करेक्सन’ भएर बिहीवार २९२२ अंकमा झरेको छ।

स्टक ब्रोकर एसोसिएसन नेपालका पूर्वअध्यक्ष प्रियराज रेग्मी सेयर बजारको ‘इनडेक्स’ अझै केही बढ्ने आधार बनेको बताउँछन्। नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर विश्वनाथ पौडेल नियुक्त हुनु र उनी सेयर बजारप्रति सकारात्मक देखिनु सेयर बजारका लागि शुभ मानिएको उनको भनाइ छ। पौडेल गर्भनर भएपछि सेयर कर्जाको रिक्स वेट १.२५ बाट घटाएर १ मा ल्याएका छन्। यसले पनि सेयर बजार बढाउन सहयोग गरेको उनको भनाइ छ।

व्यक्तिगत सेयर कर्जाको क्याप १५ करोड रुपैयाँमा सीमित थियो। त्यो अहिले बढाएर २५ करोड पुर्‍याइएको छ। बैंकदर घटेका कारण बैंक ब्याज पनि घट्दो छ। यसरी ब्याज घट्दा ऋणीको लागत कम पर्न जान्छ।

पछिल्लो समय देशको अर्थतन्त्र चलायमान बन्दै गएको छ। राजश्व संकलन विगत वर्षभन्दा बढ्दै गएको छ। ब्याज घटेकै कारण लागत घट्ने भएकाले सेयर बजार सुधारोन्मुख हुँदै गएको क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजका सञ्चालकसमेत रहेका रेग्मीको बुझाइ छ।

‘सेयरबजार सकारात्मक छ। बजारमा देखिएका विभिन्न फ्याक्टरहरुले सेयर बजार बढ्ने संकेत गरेका छन्,’ रेग्मी बताउँछन्। सेयर बजारमा लगानीकर्ताको संख्या ६९ लाख पुगिसकेको छ। तीमध्ये करिब १५/१८ लाख त दोस्रो बजारमा पनि सक्रिय छन्।

हाइड्रोपावर, बैंक र बिमा कम्पनीहरूको कारोबार बढ्दो क्रममा छ। तुलनात्मक रूपमा सस्तो देखिएका यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण छ। बिजुली उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ पानी निःशुल्क पाइन्छ। लगानी बैंकको ऋणबाट गरिएको हुन्छ। बैंकहरूले ब्याजदर घटाउँदा लागत पनि घट्ने र त्यसबाट नाफा बढ्ने भएकोले लागनीकर्ता हाइड्रोपावरतर्फ आकर्षित देखिएका छन्।

‘चार वर्षअघि ३१९८ बिन्दुमा पुगेर करेक्सन हुँदै झरेको सेयर बजारले विगतको रेकर्ड तोड्ने सम्भावना छ,’ स्टक ब्रोकर्स एसोसिएसनमा दुई पटक अध्यक्ष भइसकेका रेग्मीले भने।

अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि लगानीकर्ताहरूले सेयर बजारमैत्री मान्दै आएका छन्। पौडेल अर्थमन्त्री बनेपछि भएका सुधारका क्रियाकलापले नै सेयर बजारप्रति आकर्षण बढ्दै गएको र लगानीकर्ताको संख्या विस्तार भएर ६९ लाख पुगेको उनको छ। अहिले सेयर बजारमा ५० खर्बमाथि लगानी रहेको छ।

गभर्नर पौडेलले सेयर बजारमा आबद्ध लगानीकर्तालाई मुनाफा कमाउने कम्पनीहरूले बोनस सेयर दिनुको बदलामा नगद नै दिन सुझाव दिएका छन्। यसले बजारमा थप पैसा आउने र अर्थतन्त्र चलायमान बनाउन सहयोग हुने उनको तर्क छ। लगानीकर्तालाई बोनसका रूपमा सेयर दिनुभन्दा नगद रकम नै दिनु उपयुक्त हुने कुरामा रेग्मी पनि सहमत छन्।

प्रकाशित: २०८२ साउन १८ गते आईतबार १०:३०
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना