२०८३ कार्तिक २२ गते शनिवार

घरघरमा पुग्ने र आईपीओ ल्याउने योजनामा हाइलाइफ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
hilife-768×419

काठमाडौँ- खानेकुराहरूको उत्पादन गर्दै आएको हाइफाइफ फुडले पछिल्लो समय आक्रमक रुपमा बजार विस्तारको रणनीति लिएर काम थालेको छ।

हाइलाइफले चिउरा, कर्न-फ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ। हाइलाइफले बुधबारदेखि नयाँ प्रोडक्टका रुपमा बास्मती चामल पनि बजारमा ल्याएको छ।

बुधबार काठमाडौंमा आयोजना गरिएको हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिका पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्ट बासमती चामल, पुलाउ बास्मती चामल र ‘जिआई राइस’ सार्वजनिक गरेका हुन्।

लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीका अध्यक्ष पौडेलको भनाइ छ।

पौडेलको लगानी रहेका दुई कम्पनीले हाइलाइफमा फुडको ५० प्रतिशत शेयर राखेका छन्। हाथवे इन्भेस्टमेन्ट र बिग इन्डस्ट्रिज लिमिटेडको प्रवेशसँगै कम्पनीको चुक्तापुँजी ६० करोड पुर्‍याइएको छ।

यतिबेला हाइलाइफको लगानी अर्बौँमा पुगिसकेको छ। हाइलाइफको साझेदार हाथवेमा आइएमई समूह, एसआर हाइड्रोपावर र अम्बिका पौडेलको लगानी छ। बिग इण्डस्ट्रिजमा अम्बिका पौडेल, विवेक झा र नवराज बुर्लाकोटीको लगानी छ। नयाँ लगानीकर्ताको प्रवेशसँग हाइलाइफको अध्यक्ष अम्बिका पौडेल बनेका हुन्।

हाइलाइफलाई आगामी दिनमा कसरी अघि बढाउने भनेर अध्यक्ष पौडेलले रणनीति प्रस्तुत गरेका छन्। यस्तो छ उनको वक्तव्य:

हाइलाइफ नेपाली बजारमा परिचित ब्राण्ड हो। पहुँच विस्तार गर्दै चामल बजारमा ल्याएका छौं। भोलिका दिनमा दाल, साग र गेडागुडीसँग सम्बन्धी विभिन्न आइटमहरू ल्याउने छौं। केही महिनापछि राम्रो भुजा पनि रिलिज गर्नेछौं। यसका अलावा हामीले दाल, गेडागुडीहरू ल्याउने छौं भने हाइलाइफसँगै टिपिकल नेपाली उत्पादनलाई अझ बढी प्रवद्र्धन गर्ने उद्देश्यले ‘कर्णाली भर्या‍ङ’ नामको कम्पनी दर्ता गरिसकेका छौं। कर्णाली भ¥याङको नामबाट पहाडमा र हिमालमा उत्पादन भएका कृषि उपज हाम्रा प्रिमियम ग्राहकको रोजाई परिपूर्ति गर्ने योजनाका साथ अघि बढिरहेका छौं।

अबको ५ वर्षमा हाइलाइफका ब्राण्डहरु ७७ जिल्लाका प्रत्येक घरका किचनमा उपस्थित हुनेमा दृढ संकल्पित छौं। नेपालमा एउटा उत्कृष्ट ब्रान्डका रूपमा हाइलाइफलाई अगाडि लिएर हामी जानेछौं। हामी नयाँ उद्यमीहरु अझ बढी पुँजी बजारमा संलग्न भएका व्यक्तिहरू छौं। ती समेतको संयुक्त प्रयासमार्फत् एउटा ब्रान्डको रूपमा स्थापित भएको कम्पनीमा आजभन्दा ४ वर्षअघि हामी प्रवेश गरेका हौं।

भैरहवामा मुख्य कार्यक्षेत्र बनाएर २०-२२ वर्षअघि स्थापना भएको यो कम्पनीको नयाँ व्यवस्थापनको नयाँ सोच, पुरानो व्यवस्थापनको व्यवसायिक उत्कृष्टतालाई फ्युजन गरेर यहाँसम्म हामीले ल्याएका हौं। अहिले पनि कम्पनीको सुरुवातमा स्थापना गर्नु भएका हाम्रा सेयरधनी तथा प्रबन्ध सञ्चालक पंकज ज्ञवालीले यो कम्पनीको नेतृत्व गरिरहनु भएको छ भने व्यवसायिक क्षेत्रमा फरक–फरक पृष्ठभूमि, फरक व्यवसाय गरेका हामीहरूले बैंकबाट समर्थन र सहयोग गरेका छौं।

फाइनान्सियल म्यानेजमेन्टको कार्य गरेका छौं। व्यवसायिक उत्कृष्टताको लागि के(के गर्न सकिन्छ, त्यो गरेका छौं। पछिल्लो समय हामी प्रवेश गरिसकेपछि आजसम्मको यात्रामा हामीले यसको कारोबारको आकार र यसको व्यवसायिक विस्तार उत्कृष्ट किसिमले अघि बढाएका छौं।

नेपालमा खासगरी यो व्यवसायमा पुराना घरानाहरूको वर्चस्व बढी रहेको देखिन्छ। हाम्रा व्यवसायिक सम्मानित घरानाहरू मारवाडी र नेवारी समुदायहरूको बाहुल्यता रहेको यो क्षेत्रमा हाम्रो यो प्रवेश पक्कै पनि नयाँ प्रवेश हो। हामीलाई विश्वास छ, ती सम्मानित घरानाहरूले गरेको बिजनेस पक्कै पनि अझ बढी सम्मानित छ। यो व्यवसायमा पर्याप्त सम्भावनाहरू छन् भन्ने भित्रैबाट लागेर हामी आएका हौं।

आजको मितिमा हेर्दा हामीले एफएमसिजीका विभिन्न २० वटा आइटमहरूको कारोबार गरिरहेका छौं। चोको प्लस, चोको फिल्स, कर्नफ्लेक्स, सोया, मसुरा, बेसन, चिया, ओट्स, मुस्ली, जाम, केचप, पास्ता, चिया सिड्स, फर्सीको बीऊ, क्विनोआ सिड्स गायतका उत्पादनहरू हामीले विभिन्न श्रेणीमा बिक्री गर्दै आएकोमा आम उपभोक्तासम्म पुग्नका लागि अर्को उत्कृष्ट उत्पादन हामीले बास्मती चामल ल्याएका छौँ।

हामीले बास्मती चामल भारतको उत्कृष्ट ब्राण्ड लालकिल्लासँगको सहकार्यमा हाइलाइफ ब्रान्डको नामबाट नेपाल ल्याएका हौं। लालकिल्ला नेपाली उपभोक्तामाझ असाध्यै लोकप्रिय छ। हाइलाइफ ब्रान्डको नामबाट अहिले बास्मती चामल ल्याइरहँदा हामीले तीनवटा सेग्मेन्टमा बजारमा प्रवेश गरेका छौँ। लङग्रेन बासमती, लो जीआई राइस अनि पुलाउ राइस, यो क्याटोगोरीमा हामी आएका छौँ। हाल १ केजी, ५ केजी, र २० केजीको प्याकेटमा उपलब्ध छन्। निकट भविष्यमा ग्राहकको माग अनुरूप १० केजी, १५ केजीको प्याकेटमा पनि बजारमा ल्याउने प्रयासमा छौँ। यो कम्पनी स्थापनाकालमा सानो पुँजीको थियो। यसलाई अहिले हामीले वृद्धि गरेर ६० करोड रुपैयाँ चुक्ता पुँजीमा पु¥याएका छौं।

बजारमा धेरै पटक धेरै साथीहरूले ‘यो आइपीओ कहिले आउला, सर्वसाधारणमा कसरी जाला रु’ भन्ने जिज्ञासाहरू राख्ने गर्नुभएको छ। कम्पनीलाई नयाँ सोचमा लैजानुपर्छ भन्ने सोचका साथ अघि बढिरहेको वर्तमान सन्दर्भमा कम्पनीले यो स्तरको ब्रान्ड मूल्य सिर्जना गर्दासम्म हामीले धेरै आरोह(अवरोह ब्यहोरिसकेका छौं।

हामी यो ब्रान्ड स्थापना गर्नका लागि ठूलो रकम खर्च गरिसकेका छौं। यद्यपि कम्पनी उल्लेख्य नोक्सानीमा छ। तसर्थ, यो कम्पनीलाई भोलि कहाँ पुर्‍याउने रु यो छोटो समयको कम्पनी होइन। हामी रहौँला, नरहौँला। तर कम्पनीचाहिँ दीर्घकालसम्म रहिरहनुपर्छ छ।

हाम्रो व्यवसायिक साझेदार लालकिल्लाको इतिहास नै हेर्नुहोस् न। सन् १९०१ सालमा स्थापना भएर अहिलेसम्म निरन्तर वृद्धिको यात्रामा छ। त्यस्तो कम्पनीसँग हामीले साझेदारी गरेका छौं। ग्राहकको पहिलो रोजाइको ब्रान्डसँग साझेदारी गरिसकेपछि कमसेकम हाम्रो व्यवसायिक साझेदारको राम्रो पदचिह्नलाई पछ्याउनुपर्छ। संस्थामा सुशासन स्थापना हुनुपर्छ भन्ने मान्यतामा हामी दृढ संकल्पित छौं। यस हिसाबले कम्पनीलाई पहिले आफ्नै खुट्टामा पूर्णरूपमा स्वाभिमान भएर उभिन सक्ने बनाउन लागि परेका छौं।

आज कम्पनीको अध्यक्षको हैसियतले म यो भन्न चाहन्छु कि, जुन दिन शेयरधनीलाई उपयुक्त अर्थात् कम्तिमा दोहोरो अंकको लाभांश दिन कम्पनी सक्षम हुन्छ। त्यसपछि मात्र यो कम्पनीले आईपीओ निष्काशनको प्रक्रियामा जानेमा हामी दृढ संकल्पित छौं। यो कम्पनी हाम्रो हामी युवा उद्यमीको सपनासँग जोडिएको छ, त्यसैले हामी हाइलाईफलाई एउटा उत्कृष्ट कम्पनी बनाउँछौं।

प्रकाशित: २०८२ साउन २२ गते बिहिबार ०५:३९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना