२०८३ कार्तिक २२ गते शनिवार

सुधारियो बैंकहरुको वित्तिय अवस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
banks1
प्रतीकात्मक तस्बिर

काठमाडौं : बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्।  अहिलेसम्म एभरेष्ट, नबिल,  माछापुच्छ्रे बैंक, कृषि विकासलगायतका बैंकहरूले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन्।

बैंकहरूको वित्तीय अवस्था हेर्दा धेरै जसो बैंकहरूको अवस्था राम्रो देखिएको छ।

उनीहरूले नाफामा वृद्धि गरेका छन् भने खरब कर्जाको अनुपात घटाएका छन्। गत आर्थिक वर्षको असार मसान्तसम्म एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले बढी हो। अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको तुलनामा १९.३६ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकले ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ रहेको छ। यो अघिल्लो आवको तुलनामा ३१.६३ प्रतिशतले बढी हो। अघिल्लो आ.व.को सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.३८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको एनपीएल ०.७१ प्रतिशत रहेको थियो। जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।

यता, एनएमबी बैंकले पनि चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ। जसअनुसार उक्त बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा वृद्धि गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो। नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ। प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो। प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ।

निष्क्रिय कर्जा सामान्य बढेको छ। गत असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत छ। अघिल्लो वर्ष ३.४० प्रतिशत थियो। हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा छ।

अर्को बैंक,  नबिल बैंकको नाफामा पनि १५ प्रतिशतले वृद्धि देखिएको छ। चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो। बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ। वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ।  बैंकको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ। कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.२७ प्रतिशत छ, पहिले ४.४५ प्रतिशत थियो। प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको बैंकको सेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा छ।

यस्तै हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो। अघिल्लो वर्षको तुलनामा यो नाफा २२.१५ प्रतिशत बढी हो। बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ४.९८ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ७.२८ प्रतिशत पुगेको छ।

यस्तै अर्को माछापुच्छ्रे बैंकले पनि नाफामा भारी वृद्धि गरेको छ। गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले दुई अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि हो। बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर पाँच अर्ब ७५ करोड पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ।

त्यस्तै,  कुमारी बैंकले आर्थिक वर्ष २०८१÷८२ मा दुई अर्ब एघार करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा चार सय गुणाले वृद्धि हो। बैंकको खुद ब्याज आम्दानी करिब सात प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानी आठ रुपैयाँ ६ पैसा रहेको भने  सिद्धार्थ बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढेर एक अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। बैंकले १३.२२ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर आठ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा छ।

त्यस्तै, सरकारी स्वामित्वको  कृषि विकास बैंकले चार अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि हो। बैंकको खुद ब्याज आम्दानी सात प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा पुगेको छ।

यस्तै, सानिमा बैंकले  सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ। बैंकले २०.४७ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष १०.६६ प्रतिशत थियो।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२१ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.५१ प्रतिशत थियो।
अर्को, सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा दुई प्रतिशतले घटेर एक अर्ब २९ करोड रुपैयाँ रहेको छ। तर बैंकको खुद ब्याज आम्दानी करिव १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ। अरु बैंकहरूले समेत आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी छ।

 

प्रकाशित: २०८२ साउन २७ गते मङ्गलबार ०१:५१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना