२०८३ साउन १३ गते बुधबार

क्लबहरु असन्तुष्ट बनेपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १९
nepali national football team

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार एक सूचना जारी गर्दै नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित गरेको जानकारी दिएको छ। अहिले सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लबले खेलाडी रिलिज नगर्ने भएपछि एन्फाले प्रशिक्षण स्थगीत गर्ने जानकारी दिएको हो।

भारतमा आउँदो मे १७ देखि आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि गएको बिहीबारबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको थियो।

तर, ए डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने भन्दै बिहीबार नै पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए।

अब दशरथ रंगशालमा आजको लागि आयोजना गरिएको प्रशिक्षण आयोजना हुने र प्रशिक्षणका बाँकी कार्यक्रम पछि लिग सकिएपछि हुने एन्फाले जानकारी दिएको छ।

साथै ए डिभिजन क्लबहरुले तयारी खर्चका साथै आफूले पाउनुपर्ने आधा दर्जन जति शीर्षकका पैसा नपाएको भन्दै लिग आयोजक र एन्फाको विरोध पनि गरेका छन्।

क्लबले अबका खेलहरुमा कालो पट्टी बाधेर एन्फाको विरोध गर्दे खेल खेल्ने जानकारी दिएको हो।

नेपालको प्रारम्भिक टोलीः

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन

प्रकाशित: २०८० जेठ १९ गते शुक्रबार ०८:५८
प्रतिक्रिया

थप समाचार

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...

फुटबलका प्रतियोगिता गराउन एन्फालाई खेलाडीको ध्यानाकर्षण

काठमाडौं – नेपालमा जेठ अन्तिम देखि घरेलु लिग सकिएपछि बाँकी फुटबल प्रतियोगिता हुन सकेको छैन। प्रतियोगिता रोकिएसँगै खेलाडी बेरोजगार हुन थालेको भन्दौ नेपाल फुटबल खेलाडी संघले फुटबल कार्यक्रम...

विश्व फुटबल वरियतामा नेपालको स्थान यथावत्

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फुटबलको विश्व वरियतामा गरेको मुल्यांकन सार्वजनिक छ। उनले सार्वजनिक गरेको फुटबलको नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ। फिफाले आज (बिहीबार)...

साफले देखाएको नेपाली फुटबलको चरित्र

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसिपका कारण अहिले दक्षिण एसियाली फुटबलको माहोल तातिएको छ। यसबाट नेपाल अछुतो रहने कुरै भएन। किनकि, नेपालले खेल्ने गरेको सबैभन्दा ठूलो प्रतियोगिता नै यही...

फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं – नेपालले फलिपिन्ससँगको मैत्रीपूर्ण फुटबल खेलमा हार बेहोरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा गोल बेहोरेपछि नेपालले १–० को साँघुरो हार बेहोरेको हो। फिलिपिन्सको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना