मधेसमा राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलन रु. पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ। यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो।
सात वर्ष पहिले आव २०७५/७६ मा रु. दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व संकलन भएको थियो। सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को संकलन दोब्बर बढी भएको हो।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा रु. तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्ष आगामी वर्षहरूमा राजस्व संकलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ । संकलन प्रक्रियालाई वैज्ञानिक रूपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ।


