काठमाण्डौंँ। नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष केवल ४ दिनमै १ लाख चार हजार ३४७ दर्शकले शोको अवलोकन गरिसकेका छन्। यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरू र यस अटो शोप्रति धेरै चासो र जिज्ञाशा राख्ने बढेको देखाउँछ।
अटो शो मा देशका विशिष्ट व्यक्तिहरूले समेत अवलोकन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका
अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, प्रतिनिधिसभा सदस्यहरू योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापालगायतले अटो शो अवलोकन गरेका छन्।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलभमेण्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रदर्शनीको अवलोकन गरेका छन्।
सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बैंकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष सुदीप घिमिरे र महिला राष्ट्रिय फुटबल कप्तान सवित्रा भण्डारी समेतले नाडा अटो शो २०२५ को अवलोकन गरेका छन्।
प्रकाशित: २०८२ भदौ ७ गते शनिवार ०८:११