काठमाडौं- सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छभने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ।
हिजो बिहीबार एक तोला सुन रु एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


