यस वर्षको दसैँका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो।
साथै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।



